Comments Add Comment

के छ फेसनमा नयाँ ट्रेन्ड ?


यसपाली फेसनमा के छ ? कस्तो स्टाइल चलेको छ ? कस्तो रंग चलेको छ ? सोधीखोजी हुनु स्वभाविक हो । किनभने पुरानो पात्रो पल्टिएसँगै फेसनमा पनि नयाँपनको खोजी हुन्छ । बर्षैपिच्छे फेसनमा नयाँ-नयाँ शैली भित्रिन्छ । यसबर्ष कस्तो फेसनको ट्रेन्ड होला ?

अघिल्लो बर्षहरुमा केही नयाँ शैली देखिएको थियो । खासगरी किशोर र युवापुस्तामा फरक पहिरन शैली छायो । जस्तो कि, कालो र सेतो रंगको कम्बिनेसन । सेतो पाइन्ट वा सर्टसँग कालोको कम्बिनेसन मिलाउने । पार्टनर वा साथीसँगीसँग दुरुस्तै पहिरन सेट मिलाएर लगाउने ट्रेन्ड पनि देखियो ।

यसबीचमा जम्स सुटले फेसन बजारमा ठूलो हिस्सा ओगट्यो । सादा तथा पि्रन्टेट जम्स सुट किशोर तथा युवापुस्तामा अत्याधिक रुचाइयो । खासगरी समर फेसनमा जम्स सुट रुचाइयो । जम्स सुटको विशेषता के भने, यो घरमा वा घरबाहिर जतापनि लगाउन मिल्ने । क्याजुअल वेयरमा जम्स सुट सर्वपि्रय रह्यो ।

किशोरपुस्ताको रोजाइ

फेसनमा नयाँ-नयाँ प्रयोग गर्ने भनेको किशोरपुस्ताले नै हो । उनीहरुलाई फरक गेटअपमा सजिन सुहाउँछ पनि । त्यसैले बजारमा कस्तो ट्रेन्ड चलेको छ भन्ने कुरामा उनीहरु अपडेट रहन्छन् र आफुलाई सोही अनुसार बदल्छन् ।

किशोरपुस्ताले नै फेसन बजारको प्रतिनिधित्व गर्ने हो । वयस्कहरुले भने फेसनमा उति प्रयोग गर्दैनन् वा गर्न रुचाउँदैनन् । यस हिसाबले किशोरपुस्ताका नै फेसनका खास पारखी हुन् । यद्यपी बद्लिदो फेसनले हरेक उमेर समूहलाई प्रभाव पार्छ नै ।

मौसमी फेसन

फेसनमा मौसमको खास प्रभाव रहन्छ । मौसम बद्लिएसँगै फेसन ट्रेन्डमा पनि उतार-चढाव आउँछ । खासमा भन्ने हो भने, मौसमी परिवर्तनले नै फेसनमा फेरबदल ल्याउने हो । गर्मी, जाडो, बषर्ा जस्ता मौसममा त्यही अनुकुल पहिरनको खोजी हुने गर्छ । यसैले फेसनमा नयाँ-नयाँ ट्रेन्ड भित्र्याउने गर्छ ।

फेसनमा पुनरावृत्ति

फेसनविज्ञहरु भन्छन्, फेसनमा नयाँ प्रयोग हुने भन्दा पनि पुनरावृत्ति हुने हो । विगतमा चलेका फेसन फेरी कुनैबेला प्रयोगमा आउन सक्छ । यद्यपी त्यसरी आएका फेसनमा समयानुकुल केही मोडिफाई भने हुने गर्छ ।

कुनैबेला नेपाली फेसनमा बलिउडको प्रभाव थियो । बलिउड अभिनेता/अभिनेत्रीले लगाउने पहिरन शैलीलाई हु-बहु अनुसरण गर्ने युवा जमात अत्याधिक थिए, नेपालमै पनि ।

पुराना जमानामा चलेका त्यही फेसन अहिले पनि पुनरावृत्ति हुने डिजाइनर तेन्जिङ छेतेन भुटिया सुनाउँछ्न । उनी भन्छन्, ‘फेसनमा नयाँ आउने भन्दा पनि पुरानै फेसन मोडिफाई भएर आउने हो ।’

के छ फेसन ट्रेन्ड

यसबर्ष केही नयाँ फेसन शैली भित्रिएको छ । रंगको कुरा गर्ने हो भने, यसपाली अल्ट्रा भाइलेट चलेको छ । हरेक किसिमको पहिरनमा यही कलर चल्तीमा छ । शिफन साडीदेखि इभिनिङ गाउनमा पनि अल्ट्रा भाइलेट रंग नै चल्तीमा छ ।

इनोभेटिभ स्लिभ – योगस्टार फेसनमा फ्युजन रुचाउँछन् । फ्युजनमा स्लिव्स चलेको छ । फेसनविज्ञका अनुसार अहिले टपमा स्लिव्स चलेको छ । अफ शोल्डर फेसन हराइसकेको अवस्थामा किमोनो स्लीव्स, वन साइड स्लीव्स, कप स्लीव्स रुचाइएको छ ।
शरारा फेसन –यसपाली शरारा फेसन भित्रिएको छ । साथै हाई वेस्टेड पाइन्ट पनि चलेको छ । वेस्ट पाइन्टलाई थप आकर्षक बनाउनका लागि पि|mल, बो वा विशेष किसिमको एक्सेसरिजले सजाउन सकिन्छ ।

पारदर्शी लुक्स – गर्मीमा यसपाली मलमल फेबि्रकलाई नेटले विस्थापित गरिदिएको छ । यो सुन्दर र परम्परागत फेबि्रक गर्मीमा अनुकुल हुन्छ । फ्लोरल एम्ब्रायडरी र फ्लोरल पि्रन्ट यसवर्ष फेसनमा रहनेछ । यसमा लङ कुर्ता, ओभरसाइज्ड कुर्ता, साडी पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment