३ वैशाख, काठमाडौं । चीनमा मोस्ट वान्टेड महिला काठमाडौंको बौद्धमा पक्राउ परेकी छन् । करोडौं रकम हिनामिना गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी झाङ गायुनलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले पक्राउ गरेको हो ।
परिसरका डिएसपी मोहन थापाका अनुसार गायुनको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
उनी ई ५९९६६८५२ को पासपोर्ट बोकेर नेपाल आएकी थिइन् । उनको पासपोर्टको समय समेत सकिइसकेको अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले बताए ।
उनका अनुसार झाङलाई चीन डिपोर्ट गर्ने तयारी भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4