Comments Add Comment

मनोज पुनका २ सहयोगीलाई माओवादीले गर्‍यो कारबाही


१३ वैशाख, बुटवल । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताहरु लेखनाथ न्यौपाने र तुल्सी न्यौपानेलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।

राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ र जिल्ला सदस्य तुल्सीलाई कारबाही गरेको हो । नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज दधीराम न्यौपानेले बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरु पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जनाएका हुन् ।

‘पार्टीको आन्तरिक छानबिन रिपोर्ट, पार्टी केन्द्रको निर्देशन तथा अन्य विभिन्न सूचनाको स्रोतको आधार अध्ययन गर्दा गम्भीर प्रकृतिको घटनासंग जोडिएको मुद्दा भएकाले र राज्यको सुरक्षा निकायबाट समेत छानबिन भइरहेको हुँदा अनुसन्धानमा सहजताका दुबैजनालाई पार्टीको सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मनोज पुनको आपराधिक गतिविधिको माओवादी केन्द्रले विरोध र भत्र्सना गर्दै आएको समेत उल्लेख गरिएको छ । मनोज पुनलाई सहयोग गरेको अभियोगमा न्यौपानेद्वयसंगै युवा संघका उत्तम आचार्य, मदिरा उद्योगी हरिप्रसाद श्रेष्ठ र रोशन खड्कालाई प्रहरीले वैशाख ४ गते पक्राउ गरी ५ गते सार्वजनिक गरेको थियो ।

यस्तै युवा संघका तत्कालीन केन्द्रीय सदस्य सुजु मल्ललाई बैसाख ६ गते पक्राउ गरेको थियो । यसअघि एमालेले पार्टीका सक्रिय कार्यकर्ता सुजु मल्ल र उत्तम आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment