Comments Add Comment

प्रधानन्यायाधीसको नियुक्ति चाँडै हुन्छः कानूनमन्त्री तामाङ

१३ वैशाख, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रधानन्यायाधीश चाँडै नियुक्त हुने बताएका छन् ।

संसदीय प्रक्रियाबाट अघि बढाउनुपर्ने भएकाले नियुक्ति प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पार्दै मन्त्री तामाङले प्रकि्रया पुर्‍याएर चाँडै नियुक्त गरिने बताए ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले संसदमा संसदीय सुनुवाइ विशेष समिति गठन हुने वित्तिकै प्रधानन्यायाधीश नियुक्तिको कामले तीव्रता पाउने बताए ।

संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गरेपछि संसदको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानन्यायाधीश नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने मन्त्री तामाङले जानकारी दिए ।

मन्त्री तामाङले संवैधानिक व्यवस्थाअनुसार कानून निर्माणका लागि मस्यौदा निर्माणको कामलाई सरकारले तीव्रता दिएको पनि बताएका छन् ।

उनले आगामी असोज ३ गतेभित्र निर्माण गरिसक्नु पर्ने मौलिक हक सम्बन्धी कानूनको मस्यौदा तयार पार्न सरकारले विज्ञहरुको समूह नै बनाएको जानकारी दिए ।

मौलिक हक सम्बन्धी कानून निर्माणको काम सम्पन्न भएपछि सरकारले संविधानमा बाँझिएका कानून संशोधन प्रक्रिया अघि बढाउने योजना रहेको सुनाए ।

मन्त्री तामाङले सरकारले प्रदेश र स्थानीय तहमा अभाव हुन नदिन नमूना कानून पठाउने काम गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment