+
+
Shares

मनकामनाका ब्यापारी सीसीटिभीको निगरानीमा, जबरजस्ती व्यापार गरे कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १३ गते १८:१६

१३ वैशाख, गोरखा । मनकामनाका ब्यापारीहरुको निगरानी गर्न सीसीटिभी जडान गरिएको छ ।

मन्दिरमा आउनेहरुले ब्यापारीहरुले जबरजस्ती ब्यापार गर्न खोजेको गुनासो गरेपछि सीसीटिभी जडान गरिएको हो । ‘मनकामना मन्दिर आउने भक्तजनहरुलाई व्यापारीहरुले सामान किन्नका लागि जवरजस्ती बोलाउने, तान्ने, अनि महँगो मूल्य लिने भन्ने गुनासो धेरै आयो,’ शहीद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आले मगरले भने, ‘त्यसलाई न्यूनिकरण गर्न सीसीटिभी जडान गरेका हौ ।’

केवलकारको माथिल्लो स्टेशनदेखि मन्दिरसम्मको बिभिन्न स्थानमा २६ वटा क्यामेरा जडान गरिएको उनले बताए । ‘सीसीटिभीबाट सबै ब्यापारीहरुको निगरानी हुन्छ, भक्तजनलाई जबरजस्ती व्यापार गर्न खोज्ने, महँगो मूल्य लिने भेटिएमा कारवाही गर्छाै,’ उनले भने ।

मनकामनाका व्यवसायीलाई अनुशासित बनाउँदै बजारको गतिविधि मर्यादित बनाउन सीसीटिभीले सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।

सीसीटिभीले अपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत सघाउ पुग्ने बताइएको छ । ‘मनकामना बजार क्षेत्रको दिनरात सधै सीसीटिभिबाट निगरानी हुन्छ, कुनै घटना भएपनि थाहा भइहाल्छ, बजार सुरक्षित पनि हुने भयो व्यवसायीहरुलाई पनि अनुशासित बनाउने भयो,’ प्रशासकीय अधिकृत आले मगरले भने ।

बाटो मिचेर सामानहरु बेच्न राखे नराखेको पनि सीसीटिभिको माध्यमबाट निगरानी गरिने छ । बाटो मिचेर सामान वा स्टल राखेको पाइएमा कारबाही गरिने उनले बताए । भक्तजनलाई आवतजावतमा समेत सहज हुने बताइएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्ष ०७४/७५ को योजना अनुसार सीसीटिभी जडान गरिएको हो । गाउँपालिकाको ७ लाख र उद्योग बाणिज्य संघ मनकामना बजार इकाइको एक लाख पाँच हजार गरी कुल ८ लाख पाँच हजार लागतमा २८ वटा सीसीटिभी जडान गरिएको छ ।

सीसीटिभीको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सांसद हरिराज अधिकारी, प्रमुख जिल्ला अधिकारी जितेन्ऽ बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?