+
+
Shares

बेलायतका विद्यालयबाट किन हटाइँदै छ सुईवाला घडी ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते ८:१९


बेलायतमा स्कुलहरुबाट सुईवाला घडी हटाइँदैछ । यसको कारण के होला ? अनुमान गर्नुस् त ।

सुईवाला घडी पूराना भएको हुँदा बिग्रिएर हटाउन थालिएको होइन । वास्तवमा विद्यार्थीहरुले सुईवाला घडी हेर्न नजानेका कारण यस्तो गरिएको छ ।

बेलायमा विद्यार्थीहरुले सुईवाला घडीमा हेरेर समय पत्ता लगाउन सक्न छाडेका छन् । सोही कारण त्यहाँका स्कूलहरुबाट एनालग घडी हटाएर डिजिटल घडी राख्न थालिएको छ ताकि विद्यार्थीहरुले ठीकसँग समय हेर्न पाउन् ।

समाचार अनुसार बेलायतका विद्यालयहरुले आफ्ना परीक्षा भवनबाट एनालग घडी हटाउन थालेका छन् । बेलायती विद्यार्थीहरुले घडीको सुई हेरेर समयको भेउ पाउन निकै कठीन मान्छन् । विद्यार्थीहरुले सुईवाला घडी हेर्न नजानेको र परीक्षामा समयको अड्कल गर्नमा कठिनाई भएको गुनासो आएपछि विद्यार्थीहरुले विद्यालयहरुले यस्तो निर्णय गरेका हुन् ।

एकदुई स्कुलमा होइन अधिकांस स्कुलमा यस्तो समस्या सुनिने गरिएको छ । जसका कारण शिक्षकहरुले समेत लज्जित महसुस गर्नु परेको छ । जसका कारण उक्त समस्याको सबैभन्दा सजिलो हल खोजियो र एनालग घडी हटाएर डिजिटल घडी राख्न सुरु गरियो । अबचाहीँ समयको भेउ नपाएको विद्यार्थीको गुनासो आउने छाड्ने विश्वास गरिएको छ ।

ब्रिटेन एसोसिएसन अफ स्कूल एण्ड कलेज लिडरका अधिकारी मेल्कम ट्रोबका अनुसार आजकलका युवा तथा किशोर विद्यार्थीहरु कम्प्युटर, मोबाइल फोन देखि लिएर सबै ठाउँमा डिजिटल घडी हेर्न बानी परेको हुँदा सुईवाला घडी हेरेर समय पत्ता लगाउन असमर्थ हुन थालेका छन् । उनीहरुलाई एनालग घडीका सुईको अर्थ बुझ्न र कति बज्यो ठ्याक्कै हिसाब गर्न कठिनाई उत्पन्न हुने गरेको छ । डिजिटलाइजेसनको अर्को नकारात्मक असर पनि विद्यार्थीमा परिरहेको छ । उनीहरुमा लेख्ने बानी कम भएको छ र विद्यार्थीहरुका ह्याण्डराइटिङ खराब हुँदै गएका छन् ।

विद्यार्थीहरुमा हातले लेख्ने भन्दा पनि ल्यापटपमा अक्षरहरु टाइप गर्ने बानी परेपछि बेलायतका धेरै विश्वविद्यालयहरुमा विद्यार्थीहरुका ह्याण्डराइटिङ निकै खराब बन्दै गएको गुनासो आउने गरेको छ । अक्षरहरु अशुद्ध तथा नराम्रा हुने भएकैले विद्यार्थीले परीक्षामा उत्तरपुस्तिकामा लेखेका कुराहरु जाँचकीलाई बुझ्न पनि गाह्रो पर्ने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?