Comments Add Comment

वीरगञ्जको परवानीपुरमा बन्ने भो बजार सेढ


१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगपालिका–२१, परवानीपुरमा कृषि बजार सेढको शिलान्यास गरिएको छ । परवानीपुर बजारलाई व्यवस्थित गर्ने उद्देश्यले बजार सेढ निर्माण गर्न लागिएको हो ।

कृषि मन्त्रालयबाट निकासा भएको १५ लाखको बजेटमा निर्माण हुने सेढको शुक्रबार सांसद प्रदीप यादवले शिलान्यास गरेका छन् ।

परवानीपुर कृषि बजार सेढ निर्माण उपभोक्ता समितिका अध्यक्ष भोज महतोले अव्यवस्थित बजारलाई व्यवस्थित गर्न बजार सेढ निर्माण गर्न लागिएको जानकारी दिए ।
शिलान्यासपछि मन्तव्य व्यक्त गर्दै सांसद् यादवले प्रदेश २ को विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सहभागी वक्ताहरुले विकासको विषयमा दलगत स्वार्थभन्दा माथि उठेर जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

वडा अध्यक्ष हबिब मियां र नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता राजेन्द्र यादवले विकासमा एकजुट भएरै अघि बढ्ने धारणा राखे । प्रदेश सरकारले निकासा गरेको बजेटलाई सबै मिलेर सदुपयोग गर्ने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment