
१४ वैशाख, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे-इनको भेटवार्ता आफैंमा ऐतिहासिक रहृयो । पहिलो पटक उत्तर कोरियाली नेताले दक्षिण कोरियाको असैन्य भूमिमा पाइला टेके ।
तर, यो भेटवार्ता यतिमा मात्र सीमित छैन । केही रोचक कुराहरु पनि भएका छन् ।
त्यसमध्ये एक हो, नुडल्स उपहार
किमले राष्ट्रपति मुनलाई प्योङयाङ शहरको प्रसिद्ध नुडल्स उपहार ल्याएका छन् । गहुँ र फापरको पिठोबाट बनाइएको यसलाई बनाउने धरै तरिका हुन्छन् । तर, गर्मी महिनामा चिसो सुपसँग खाइन्छ । यो संसारभरका कोरियनमाझ लोकप्रिय छ ।
‘डिनरमा के खाने भन्ने तातो बहस भएको मैले हेरेँ,’ किमले भनेका छन्, ‘त्यसैले मैले प्योङयाङको कोल्ड नुडल्स पनि ल्याएको छु । राष्ट्रपति र तपाईंहरुले प्योङयाङ नुडल्सको स्वाद लिन सक्नु हुनेछ ।’
समाचारहरुमा जनाइएअनुसार प्योङयाङबाट प्याकिङ ‘कोल्ड नुडल्स’ ल्याउन पनि सकिन्थ्यो । तर, किमले राष्ट्रपति मुनलाई ताजा नै खुवाउने योजना बनाएर कुक र नुडल्स बनाउने मेसिन नै आफ्नो साथमा ल्याएका छन् ।
अर्को हो, किमको ट्वाइलेट
उत्तर कोरियाली सर्वोच्च नेता किमले आफ्नो साथमा ट्वाइलेट पनि ल्याएका छन् । सार्वजनिक शौचालय प्रयोग गर्नु पर्ने डरले उनले आफ्नो साथमा ट्वाइलेट ल्याएका हुन् ।
जापानले भन्यो-किमलाई केक नदिनू
उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनको डिनरमा मेन्यू पनि सार्वजनिक भएको छ ।
यो मेन्यूमा ‘मुस’ केक पनि छ । जसमा कोरियाली प्रायद्वीपको नक्सा पनि बनाइएको छ । त्यो नक्सामा कोरिया वरपरका टापुहरु पनि देखाइएको छ ।
तर, जापानले नक्सामा आफ्नो दाबी रहेको टापुहरु पनि रहेको भन्दै केक नखान माग गरेको छ ।
प्रतिक्रिया 4