+
+
Shares

धुर्मुस–सुन्तलीले लिए १ सय २५ मुसहर बालबालिकाको अभिभावकत्व

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १०:५४


१४ वैशाख, महोत्तरी । महोत्तरी गौशाला ७, मनहर्वा गाउँका १ सय २५ जना विद्यालय जाने उमेर पुगेका बालबालिकालाई धुुर्मुस–सुन्तली फाउन्डेसनले सामुदायिक विद्यालयमा भर्ना गराएको छ ।

बिहीबार फाउण्डेसनका उपाध्यक्ष एवं हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले सो वस्तीका मुसहर समुदायका बालबालिकालाई नजिकै रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराएकी हुन् ।

रोग र गरिबीको कारण विद्यालय जानबाट वञ्चित रहेका सो बस्तीका बालबालिकाहरु विद्यालय गएपछि स्थानीयहरु हर्षित भएका छन् ।

बस्ती छेउमै विद्यालय भएता पनि उमेर पुगेका बालवालिकाहरु विद्यालय जाने गरेका थिएनन् ।

वस्तीकी वयोवृद्ध दुःखी सदाले मुसा मार्ने, बालश्रम गर्न वाध्य बालबालिका विद्यालय गएको देख्न पाउँदा खुसी लागेको बताइन् ।

‘हामीले उनीहरुलाई विद्यालय भर्ना गराउनुका साथै शैक्षिक सामग्रीहरु उपलब्ध गराएका छौं, सकभर माथिल्लो तहसम्म पढ्नलाई प्रोत्साहन गर्नेछौं,’ महोत्तरी पुगेकी कुञ्जना घिमिरे सुन्तलीले फोनमा भनिन् ।

समय–समयमा सो गाउँमा भ्रमण गरेर बच्चाहरुको पढ्ने वातावरण बनाउन अभिभावकलाई प्रेरित गर्ने पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?