+
+

देउवालाई पौडेलको प्रश्न : जनताले तपाईलाई पूज्छन् कि गणेशमानलाई ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १८:४६

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो लिखित प्रस्तावको बचाउ गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गलत संस्कार सुरु गरेको भन्दै आलोचना गरेपछि पौडेलले स्पष्टिकरण दिएका हुन् ।

शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले आफ्नो आलोचना गर्नेहरुलाई ‘विरालोलाई कुटेको देख्ने तर, बिरालोले भण्डार रित्याएको नदेख्ने भनी प्रश्न गरे ।

पौडेलले १३ फागुनमा लिखित प्रस्ताव पेश गर्दै देउवामाथि आरोपैआरोप लगाएका थिए । देउवाले गुट मात्र चलाएको र पार्टीलाई ध्वस्त बनाएको पौडेलको आरोप थियो ।

तर, बैठकमा विमलेन्द्र निधिसहितका नेताहरुले लिखित प्रस्ताव राखेकोमा पौडेलको आलोचना गरेका थिए ।

नेता पौडेलले जितको भए पनि सभापतिलाई नै जस जाने भन्दै हारको जिम्मा पनि लिनु पर्ने बताए । आफ्नो भागमा कति जिम्मेवारी पर्ने हो, त्यसका लागि आफू तयार रहेको भन्दै उनले भने, ‘कांग्रेस हारेकै हो, नेतृत्वले जिम्मा लिनुपर्छ ।’

स्थानीय चुनावदेखि नै कांग्रेस हारेको भन्दै उनले वाम गठबन्धन मात्र कारण नभएको बताए ।

देउवाले भोगको गिनिज बुकमा नाम लेखाउने खोजेको आफ्नो आरोपमा नेता पौडेलले थप प्रष्ट्याए । प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे प्रश्न उठाएको भन्दै पौडेलले भने, शेरबहादुर देउवाजी ३/४ पटक प्रधानमन्त्री हुनुभयो । गणेशमानजी एक पटक पनि हुन भएन । आज मानिसहरुले कसलाई पूज्छन् ?’

पौडेलले लिखित प्रस्तावमा त्यागको उदाहरण दिन नसकेको भन्दै देउवालाई भनेका थिए, ‘भोगको गिनिजबुकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हरेका छन् ?’

उनले विधान विपरित बनेको संसदीय समिति बैठकमा सहभागी भएको आत्मालोचना गरेका छन् । आफूहरुले सभापति देउवालाई फाल्न खोजेको नभई सुधार्न खोजेको बताए ।

वरिष्ठ नेता पौडेलले पार्टी सुदृढीकरणका लागि वैशाखभित्रमा जिल्ला सभापतिहरुको भेला गर्न र जेठ महिनाभित्रै महासमिति बैठक बोलाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?