Comments Add Comment

लुम्बिनीमा अत्याधुनिक विश्व शान्ति केन्द्र निर्माण हुँदै

प्रधानमन्त्रीले शिलान्यास गर्ने

१४ वैैशाख, बुटवल । गौतमबुद्धको जन्मथलो रुपन्देहीको लुम्बिनीमा युनिभर्सल पीस सेन्टर (विश्व शान्ति केन्द्र) निर्माण गरिने भएको छ ।

भगवान बुद्धको २५६२ औं जन्मजयन्तीको अवसरमा ँद महासिद्ध सेञ्चुरी फर युनिभर्सल पीस केन्द्र ’को शिलान्यास गरिने छ ।

दुई बर्ष अगाडि जग्गा प्राप्ती गरेको द महासिद्ध स्याञ्चुरी फर युनिर्भर्सल पीस केन्द्रको भवनको आइतबार शिलान्यास हुने कार्यक्रम छ ।

कमलको फूल आकारमा सेतो रंगमा बन्ने भवन निर्माणको मुख्य उद्देश्य शान्तिको सन्देश फैलाउनु हो । शुक्रबार रिर्पोटस् क्लब ५ नम्बर प्रदेश कार्यलयमा पत्रकार सम्मेलन गरी परिकल्पनाकार श्याल्पा तेन्जिन रिन्पोछेले भवन शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको बताए ।

करोडौं लागतमा बन्ने भवनको लागत संकलन चन्दाबाट गरिने बताएको छ । पीस पार्कमा विभिन्न आर्कषण ध्यान केन्द्र बनाउने योजना रहेको छ ।

जसमा साल बृक्षमुनि मायादेवीको कोखवाट जन्मदै गरेको गौतमबुद्धको विशाल र सुन्दर मुर्ति राखिने छ ।

बुद्धको २५६२ औ जन्मजयन्तीको अवसरमा भवन शिलान्यास गर्न पाउँदा आफुहरु निकै खुसी भएको रिम्पोछेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment