Comments Add Comment

झड्केलो छोराहरुको हत्या गर्ने दिलीप सिराहबाट पक्राउ

हत्याको घटना थाहा पाएपछि बिक्षिप्त बनेकी बालकहरूका हजुरअामा र दिदी

१५ वैशाख, काठमाडौं । वागमती किनारको सुकुम्बासी बस्तीमा दुई बालकको हत्या गरी भागेका दिलीप यादव पक्राउ परेका छन् । आफू लिभिङ टुगेदर बस्दै आएकी महिलाका दुई छोराहरु ८ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरेर उनी फरार थिए ।

उनलाई सिराहबाट पक्रउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । उनले दुई छोराको हत्या गरी शव कोठामै लुकाएर राखेको तथ्य शुक्रबार खुलेको थियो ।

प्रहरीका अनुसार सुजन र सुजलकी आमा सम्झना सरदार दशैं अघिदेखि दिलीपसँग ‘लिभिङ टुगेदर’मा थिइन् । प्रहरीसँगको प्रारम्भिक बयानमा दिलीपले सम्झना आफूबाट टाढा हुँदै गएको र उनी विराटनगर गएपछि नफर्किएका कारण छोराहरुको हत्या गरेको बताएका छन् ।

सोमबार बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका थिइन् । तर, दुबै बालकको शव घरमै भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment