Comments Add Comment

यस्ता छन् आपसी सम्बन्ध प्रगाढ बनाउने सूत्र

जीवन परिवर्तनशील छ । जीवनको यात्रा परिवर्तनलाई आत्मसात् गर्दै अघि बढिरहन्छ । यस क्रममा अनेकौं सम्बन्धको जालोमा मानिस जेलिन्छ । समय, उमेर एवं अवस्थासँगै मित्र एवं अन्य सम्बन्धीहरू जीवनका हरेक मोडमा आउनेजाने भइरहेका हुन्छन् । यी सबैसँग तादात्म्य मिलाएर अघि बढ्न सके जीवन सफल हुन्छ ।

समयको उकाली-ओरालीसँगै मानिस जब बुढ्यौलीमा प्रवेश गर्छ तब बितेका क्षणहरूको सम्झनाले विगतका प्राप्ति तथा गुमाएका  कुराहरूको स्मृति दिन्छ । त्यतिबेला स्वयंसित, आँखा जुधाउन नसक्ने अवस्था नहोस्, सम्बन्धलाई बोझमा परिवर्तन गरेको दोष सहन नपरोस् भन्नका लागि सही समयमा सही तरिकाले आफ्ना विविध सम्बन्धलाई कुशलतापूर्वक निर्वाह गर्नु आवश्यक हुन्छ ।

सम्बन्धमा ताजगी भर्न कुनै अन्जान एवं अदृश्य दिशातर्फ दौडिरहेका प्रायः हामी सबैले आफ्नो रफ्तार कम गर्नु जरुरी छ । सम्बन्धलाई मलजल दिन प्रेम र आफ्नोपन तथा आत्मीयता र सामीप्यको मसला घोल्नु जरुरी छ ।

किन जरुरी छ प्रगाढता ?

-हरेक सम्बन्ध, चाहे त्यो बालबालिका र अभिभावकबीचको होस् वा भाइबहिनीबीचको, श्रीमान्-श्रीमती वा अरू मित्रजन एवं आफन्तजन । सबै सम्बन्धले हामीबाट समय र अटेन्सको माग राख्छ, जुन आजको व्यस्त जीवनशैलीमा हामीमध्ये धेरै जनासित कम पाइन्छ ।

-समयको कमीका कारण हामी पूर्ण रूपमा जिउन पाउँदैनौँ, स-साना खुसीबाट पनि हामी विमुख रहने गछौर्ं । साथै आफूसित जोडिएका व्यक्तिहरूसित पनि टाढा रहने गछौर्ं । यस्तो क्रियाकलापले सम्बन्धमा गुनासाहरू सिर्जना हुन थाल्छन् ।

-हामी सदैव आफूसित समय अभाव भएको कुरा गछौर्ं भने एकदिन हाम्रा लागि हाम्रा सम्बन्धीहरूसित पनि समय रहने छैन ।

-चाहे हामी जति नै सफल हुन्छौं वा उचाइमा उड्छौं, आफन्तजनको साथ सदैव चाहिन्छ, नत्र जीवनमा एक्लोपनको निराशाले हामीलाई नरकारात्मकतर्फ धकेल्न सक्छ । समय छँदै सम्बन्धलाई जोगाउने, सम्हाल्नेतर्फ विचार पुर्‍याइएन भने जब हामीलाई ती सम्बन्धको आवश्यकता रहन्छ तब हामीसित कोही पनि नरहने अवस्था सिर्जना हुनसक्छ ।

-आपसी मेलजोल र एकसाथ समय बिताउनाले पनि सम्बन्ध कायम रहन्छ । यसले आफूभित्र सकारात्मकताको अनुभव हुन्छ ।

-आफूलाई आफन्तजनको ख्याल छ, तिनको आवश्यकता छ भनेर तिनलाई यसबारे अनुभूत गराउन पनि सम्बन्धमा मलजल गरिरहनु आवश्यक छ ।

कसरी गर्ने सम्बन्धमा मलजल

-कम्युनिकेसन्स हरेक सम्बन्धको आधार हो । आपसी कुराकानी र आफन्तजनसित केही कुरा शेयर गर्नका लागि समय निकाल्नु आवश्यक छ ।

-शेयरिङ र केयरिङ पनि जरुरी छ । आफ्नो जीवनसित जोडिएका स-साना कुरा पनि हामी जब आफन्तजनसित शेयर गछौर्ं तब आफ्नोपनको अनुभव हुन्छ । चाहे आफन्तजन होस् वा मित्रजन, तिनलाई जीवनमा तिनको महत्वबारे अनुभूति हुन्छ ।

-यसैगरी केयरिङ पनि आवश्यक छ । अफिसमा व्यस्त दिनचर्याबीच पनि समय निकालेर घरमा फोन गरी हालचाल सोध्नु एउटा राम्रो आइडिया हुन सक्छ ।

-घरमा कोही बिरामी छ भने एक दुई तिनको हालखबर सोध्ने गरेमा तिनलाई तपाईं वास्तवमै ख्याल गर्नुहुन्छ भन्ने कुराको अनुभव हुन्छ ।

-विशेष अवसरमा समय निकालेर फेमिली गेट टुगेदर वा पिकनिक आदि आयोजना गर्नु राम्रो हुन्छ ।

-कुनै विशेष अवसर छ भने गिफ्ट लैजानु बिर्सनु हुँदैन ।

-म्यारिज एनिवर्सरीको तरिका रिमाइन्डरमा सेट गर्नुपर्छ, जसले गर्दा तपाईंको आफन्तहरूको विशेष दिन सम्झना रहन्छ र तपाई तिनलाई शुभकामना दिएर तिनको खुसी बढाउन सकिन्छ ।

-जसलाई प्रेम गरिन्छ, तिनमाथि विश्वास गर्न पनि सिक्नुपर्छ । विश्वसमै हरेक सम्बन्धको गहिराइ टिकेको हुन्छ ।

-सम्बन्धमा सकारात्मक ऊर्जा ल्याउने प्रयास निरन्तर गर्नुपर्छ ।

-हरेकप्रति धेरै अपेक्षा राख्नु राम्रो हुँदैन । यो सत्य हो, हरेक सम्बन्धबाट हाम्रो केही अपेक्षा जोडिएको हुन्छ तर आप\mनो अपेक्षा कति हदसम्म ठीक छ भन्नेबारे पनि बुझ्नु आवश्यक छ । दोस्रो पक्षलाई बाध्य बनाउनु ठीक हुँदैन । अरुको अपेक्षा आफूले चाहिँ कति पूरा गर्न सकिएको छ भन्ने कुरामा पनि विचार पुर्‍याउनु आवश्यक छ ।

-सरप्राइज दिनुपर्छ कहिलेकाही अफिसबाट चाँडै घर फर्केर परिवारसित समय बिताउनुपर्छ वा मुवी या डिनर प्लान गरी सबैलाई आश्चर्य चकित बनाउनुपर्छ ।

-एउटा सम्बन्ध निर्वाह गर्दा अर्कोलाई वेवास्ता गर्नु हुँदेन । जीवनमा हरेक सम्बन्धमा आफ्नो विशेष स्थान र महत्व हुने गर्दछ । यो कुरालाई बुझेर हरेक सम्बन्धमा सन्तुलन कायम राख्नुपर्छ ।

-विवाहपछि साथीभाइलाई बिर्सनुहुँदैन । केही व्यक्ति विवाहपछि पारिवारिक जीवनमै व्यस्त हुन्छन् । केही भने साथीभाइका बीच मस्त रहेर परिवारलाई बिर्सने गर्छन् । यी दुवै तरिका गलत हो । सन्तुलन कायम राख्नुपर्छ । मित्रजन पनि आवश्यक हुन्छन् भन्ने बुझ्नुपर्छ ।

-प्रशंसा गर्न कन्जुस्याइँ गर्नुहुँदैन । कसैको प्रशंसामा बोलेको दुई शब्दले पनि सम्बन्धलाई नयाँ ऊर्जा  भर्ने काम गर्दछ ।

-सम्बन्धमाथि इगो हाबी हुन दिनु हुँदैन । यसबाट सम्बन्धको वास्तविक सुख प्राप्त नहुनसक्छ ।

-जानेर वा नजानेर कसैको मन दुखाइएको छ भने गल्ती स्वीकार गरी माफी मागेर मनमुटाव हटाउनु बुद्धिमानी हुन्छ ।

-घर परिवारमा जिम्मेवारी बाँड्नुपर्छ । यसले भविष्यमा सम्पत्तिसम्बन्धी विवाद रहँदैन । त्यसो त सम्पत्ति आर्जन गर्नु सहज छैन तर प्रेम, आफ्नोपन र सम्बन्ध आर्जन गर्नु अझ बढी गाह्रो र कठिन छ, अतः सम्बन्धको महत्व बुझ्नुपर्छ ।

बुझ्नै पर्ने केही कुरा

-आफ्नो सम्बन्धको आवश्यकता ।

-कल्पनामा बाँच्नु रमाइलो हुन्छ तर वास्तविताको आधार बिर्सनु हुँदैन ।

-केही कुरामा डर छ भने भाग्नु हुँदैन, आफन्तसँग शेयर गर्नुपर्छ ।

-अभिव्यक्त गर्नुअघि नै भावना बुझ्ने कोसिस गर्नुपर्छ । कतिपय कुरा शब्दमा व्यक्त गर्न नसकिने हुन्छन् । यस्तोमा दोस्रो पक्षको भावनालाई बुझ्ने क्षमताले नै तपाईको सम्बन्धलाई बलियो बनाउँछ ।

-जिम्मेवारी ग्रहण गर्न डराउनु हुँदैन ।

-दोषारोपणबाट जोगिनुपर्छ । विनाकारण वाद-विवाद र एकअर्कालाई दोष दिनुको साटो आफ्नो रिस नियन्त्रण राख्नुपर्छ । बहसलाई बढ्न नदिन वाहियात कुरामा नलागी समझदारीपूर्वक समाधानको प्रयास गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment