Comments Add Comment

कर्णालीको बजेट पारित, कार्यान्वयनको बाटो पनि खुल्यो

फाइल तस्वीर

१६ वैशाख, काठमाडाैं । कर्णाली प्रदेशले ल्याएको चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट पारित भएको छ ।

गत बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको बजेट आइतबारको संसद बैठकले सर्वसम्मत पारित गरेको हो ।

कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि एक अर्व दुई करोड पाँच लाखको बजेट ल्याएको छ ।

बजेट पारित भएसँगै कार्यानवयनको बाटो समेत संसदले खोलिदिएको छ ।

आइतबारको संसद बैठकले आर्थिक वर्ष ०७४/७५ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०७५ पारित गरेपछि बजेट कार्यान्वयनको बाटो खुलेको हो ।

यस्तै आइतबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५को मस्यौदा प्रस्तुत गरेका छन् । आर्थिक विधेयक पारित भएपछि मन्त्री ज्वालाले अर्को विधेयक टेवल गरेका हुन् ।

प्रदेश सभाको अर्को बैठक वैशाख १८ गते १ बजेका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment