Comments Add Comment

ठूला नदीमा बाढी आउने तीन दिनअघि नै जानकारी दिइने

मौसम विज्ञान विभागद्वारा मनसुन आपतकालीन कार्ययोजना जारी

१७ वैशाख, काठमाडौं । देशका ठूला नदीनालाहरुमा आउन सक्ने बाढी तथा हिमताल विष्फोटनलगायतका कारणले हुनसक्ने बाढीको पूर्वजानकारी प्राप्त हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुन आपतकालीन कार्ययोजना २०७५ मा तीन दिन अघिनै ठूला नदी प्रवाहमा हुनसक्ने बाढीको जानकारी दिने उल्लेख छ ।

मनसुन सुरु भएसँगै विभागले मनसुन आपतकालीन कार्ययोजना जारी गरेको हो । विकसित देशहरुमा जस्तै वषर्ात, बाढीलगायतको जानकारी दिनका लागि विभागले प्रबिधिको विकास गरेको जनाएको छ ।

देशका बाढी प्रभावित विभिन्न नदी नालाहरुको बाढी अनुगमन तथा पूर्वानुमान गर्न, हिमताल विष्फोट वा अन्यकारणले उत्पन्न हुनसक्ने बाढी समेतको लागि सूचना प्रवाह गर्न बाढी पूर्वानुमान शाखा मनसुनको अवधिभर चौबिसै घण्टा खुला रहने भएको छ ।

विभागको कार्ययोजनामा भनिएको छ ‘देशका मुख्य नदीनालाहरु कोशी, गण्डकी, कर्णाली, बागमती र पश्चिम राप्ती लगायतको बाढी पुर्वानुमान तीन दिन अगावै गर्ने गरि कम्प्युटर मोेडेलको विकास गरिएको छ । यी ठूला नदीको बाढी पूर्वानुमान गरि सम्बन्धित सरोकारवालाहरुलाई यस वर्षदेखि विधिवत जानकारी गराइनेछ ।’

हरेक दिन मौसमको ३ दिन अगावै भविश्यवाणी गर्न र सम्पूर्ण सरोकारवालालाई पूर्व सूचना प्रवाह गर्न मौसम पुर्वानुमान महाशाखा २४ घण्टा खुला रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment