+
+

अफगानिस्तानमा बम हमलामा पत्रकारसहित २५ जना मारिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते १७:४४

१७ वैशाख, काठमाडौं । अफगानिस्तानमा भएका दुई बम विस्फोटका घटनामा कम्तीमा २५ जना मारिएका छन् । जसमा फ्रान्सेली समाचार संस्था एएफपीका फोटोग्राफर साह मराईसहित ८ जना पत्रकारसमेत रहेका छन् ।

आक्रमणकारीले पहिलो विस्फोट मोटरसाइकलमा गराएका छन् । त्यसको १५ मिनेटपछि धेरै पत्रकारहरुसमेत भएको ठाउँमा अर्को विस्फोट गराइएको थियो । समाचार संस्था एएफपीका अनुसार दोस्रो आक्रमण मुख्य गरी पत्रकारहरुलाई लक्षित गरिएको थियो ।

‘बम हमलाकारी पत्रकार बनेर भिडमा मिसिएको थियो, त्यसपछि उसले भीडमा नै बम पड्काएको थियो’ एएफपीले प्रहरी प्रवक्तालाई उधृत गर्दै भनेको छ । बीबीसीका अनुसार कम्तीमा ८ पत्रकार र ४ जना प्रहरी अधिकारी मारिएका अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नाजीब दनिसले भनेका छन् । उक्त घटनामा ४५ जना घाइते भएको जनाइएको छ ।

घटनाको जिम्मेवारी आइएसले लिएको छ । आइएस संवद्ध अनलाइनका अनुसार उसले अफगानिस्तानको इन्टेलिजेन्स ब्यूरोलाई लक्षित गरी आक्रमण गरेको हो । तस्वीरहरुमा देखिए अनुसार पत्रकारहरू लाइन लागेका थिए, त्यति नै बेला बम पड्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?