Comments Add Comment

कसरी आकर्षक बन्ने ? यस्तो छ काइदा

आकर्षक कसरी बन्ने ? अनुहारलाई लिपपोत गरे, राम्रो लुगा लगाएर, गरगहनाले सजिएर, सुगन्धित अत्तर छर्किएर आकर्षक भइन्छ ?

वास्तवमा आकर्षक बन्नुको कुनै परिभाषा छैन । खासमा यो गुण हो । हामी आकर्षक भन्नसाथ आवरण सम्झन्छौं । तर, यो आन्तरिक सौन्दर्यको कुरा हो । यो यस्तो गुण हो, जो स्वतः निर्मित हुन्छ । आकर्षक बन्नका लागि कपाललाई नयाँ ढंगले सजाउनु वा अनौठो कपडा लगाउनु जरुरी छैन ।

आकर्षक बन्नुको अर्थ जवान हुनु वा प्यारो हुनु पनि होइन । त्यो भए कसरी आकर्षक बन्ने त ?

आकर्षक व्यवहार गर्नु

आकर्षक व्यक्ति उदार हृदय र आत्माको धनी हुन्छन् । सबैसँग प्रेम गर्छन् एवं दयाभाव प्रकट गर्छन् । अन्य व्यक्तिप्रति सहानुभूति राख्छन् । चाहे आफ्नो आमा होस्, वा साथी होस् वा त अपरिचित व्यक्ति नै किन नहोस् ।

कहिले पनि अशिष्ट नबनौं, चाहे जतिसुकै खराब मुडमा किन नहोस् । आकर्षक व्यक्ति पूर्ण रुपमा आफ्नो जिन्दगीको आनन्द लिन्छन् । सबैप्रति प्रेमपूर्वक व्यवहार गर्छन् ।

सकारात्मम रवैया कायम राख्ने

आकर्षक व्यक्तिले आफ्नो जीवनलाई घतलाग्दो बनाएर राख्छन् । यसको अर्थ हो कि, ऊ सधै सकारात्मक र आशावादी हुन्छन् ।

हुन त आफ्नो जीवन खराब अवस्थामा गुजि्ररहेको छ भने बनावटी हुनुपर्छ भन्ने छैन । यद्यपी संभव भएसम्म सकारात्मक हुने, उत्साहित हुने प्रयास गर्नुपर्छ । यसले तपाईप्रति अरुको धारणा सकारात्मक बन्छ । तपाइमा जुन उत्साह देखिन्छ, त्यसले अरुलाई खुसी तुल्याउँछ ।

के तपाइले कुनै अकर्षक व्यक्ति रोइरहेको, दुखी भएको, गलत उदेश्य राखेको, हतोत्साही भएको देख्नुभएको छ ?

आकर्षक व्यक्तिले कहिलेपनि गलत आशा राख्दैन । तपाई जति धेरै राम्रो आकंक्षा राख्नुहुन्छ, तपाइको लागि त्यती नै राम्रो हुन्छ ।

यदि तपाई राम्रो रवैयाका साथ एक सकारात्मक व्यक्ति बन्न चाहनुहुन्छ भने, कसैको कुरा नकाट्नुहोस् । सकारात्मक सोंच र चिन्तन लिएर अगाडि बढ्नुहोस् ।

एक आकर्षक व्यक्ति कठिन परिस्थितीमा पनि आशावादी दृष्टि राखेर बाँच्छन् । अरुको सहयोग गर्छन् ।

आफ्ना आसपासको कुरा सम्झनका लागि उत्सुक रहने

आकर्षक व्यक्तिको मनमा जीवनप्रति उत्सुकता हुन्छ । उनीहरु संसारका हरेक कुरा जान्नका लागि इच्छुक रहन्छन् । यसको सुरुवात आफ्ना पिताको काखमा बसेकै बेला हुन्छ, जब उसले आफ्नो आँखा अगाडि कुनै बस्तु देख्छ, त्यसबारे जान्ने चाहना राख्छ ।

यस्तो रवैया सधै कायम राख्नु जरुरी छ । जीवनप्रति सधै उत्सुक रहनुपर्छ । जागृत रहनुपर्छ । आफ्नो आसपासमा रहेको कुनैपनि कुरामा चासो राख्नुपर्छ । जिज्ञासु बन्नुपर्छ ।

थोर-बहुत फ्लर्ट पनि गरौं

आकर्षक व्यक्ति थोर-बहुत फ्लर्टी पनि हुन्छन् । कसैसँग रमाइलो गर्नका लागि साथी वा कसैसँग फ्लर्ट गर्ने बानी बसालौं । तर, यो हदभन्दा बढी गर्नु हुँदैन । एक उचित अनुपातमा फ्र्लट गरौं ।

सामान्यभन्दा बढी कोमलताका साथ कुरा गरौं । कुरा गर्दागर्दै आँखामा आँखा जुधाउनुहोस् । जब यो बढी हुन्छ, तब आँखा हटाउनुहोस् ।

आफ्नो सोझोपन कायम राखौं

सोझोपनको अर्थ यो होइन कि सबै कुराबाट बेखबर बन्नुहोस् । कतै चासो नदिनुहोस् ।

आकर्षक व्यक्ति बन्न चाहनुहुन्छ भने दयालु पनि देखिनुपर्छ । सोझो पनि देखिनुपर्छ । कुनै छल-कपट गर्ने मनासय राखेर चर्तुयाई नगरौं । धेरै चतुर एवं धूर्त हुन आवश्यक छैन । आफ्नो आसपासको कुरा जान्नका लागि उत्सुक रहनुहोस् । सकारात्मक दृष्टि राख्नुहोस् । आत्माविश्वास नगुमाउनुहोस् ।

खुसी रहनुहोस्

आकर्षक व्यक्ति हर समय मुस्कुराइरहेको हुन्छन् । तपाइसँग एक राम्रो सेन्स अफ ह्युमर हुनुपर्छ । र, कसैले रमाइलो, ख्याल ठट्टा गरेरमा उन्मुक्त हाँस्नुहोस् । तपाइ आफ्नो अनुहारमा हरेक समय मुस्कान लिएर बस्नुहोस् ।  आकर्षक व्यक्ति हरेक समय राम्रो ह्युमरको खोजीमा रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment