Comments Add Comment

को हुन् पौराणिक युगका पत्रकार नारद ?

देवताहरूका ऋषि अर्थात् देवषिर् नारद । जेष्ठ कृष्ण द्वितीयालाई नारद जयन्ती मानिन्छ । पौराणिक मान्यताअनुसार यस दिन नारद जन्मिएका थिए । मान्यताअनुसार नारदको जन्म कुनै महिलाविना ब्रह्माबाट भएको थियो तसर्थ यिनलाई ब्रह्माको मानस पुत्र भनिन्छ । नारद मुनिलाई देवताहरूले मात्र नभै असुर, दैत्य, दानव, नाग, यक्ष, गन्धर्व, मानव आदि सबैले उत्तिकै रूपमा मान्दथे ।

नारद ब्रह्माण्डको जानकारी यताबाट उता अनि उताबाट यता ल्याउनेलाने काम गर्थे वा भनौं नारद पौराणिक समयका पत्रकार थिए । देवषिर् नारदले ब्रह्मषिर् पद प्राप्त गर्नका लागि कठोर तपस्या गरेका थिए । उनी परम ज्ञानी तथा भगवान् विष्णुका अनन्य भक्तका रूपमा परिचित छन् । सर्वोच्च कोटिका वैष्णव नारद सदैव नारायण, नारायण भन्दै नारायणको कीर्तनमै तल्लीन भइरहन्छन् ।

कसरी जन्मे नारद ?

पौराणिक कथाअनुसार पूर्वजन्ममा नारद उपबर्हण नामका गन्धर्व थिए । उनलाई आफ्नो रूप एवं सौन्दर्यप्रति बहुते घमन्ड थियो । एक पटक गन्धर्व तथा अप्सराहरूले गीता एवं नृत्यद्वारा ब्रह्माको उपासना गरिरहेका थिए । त्यसैबखत उपबर्हण महिलाहरूसाग जोल्ठिादै त्यहाा आए । त्यो देखेर ब्रह्मा अत्यन्त रिसाए र शूद्र योनिमा जन्म लिने श्राप दिए ।

ब्रह्माको श्रापका कारण उपबर्हणको जन्म  शूद्र योनिमा भयो । उनकी माता दासी थिइन् । आमाछोरा दुवै जुठोपुरा खाएर जीविका चलाउादै थिए । तथापि उनीहरूको मन निर्मल थियो र दुवैजना सन्तसेवामा रमाउाथे । उनी पााच वर्ष हुादा आमाको निधन भयो । त्यसपश्चात् ती एक्ला बालक साधुहरूकै संगतमा लागेर ईश्वरभक्तिमा प्रविष्ट भइसकेको थिए । उनले सम्पूर्ण जीवन नै ईश्वरभक्तिमा लगाउने संकल्प लिए । उनी नियमित ध्यानमा बस्थे ।

एकदिनका कुरा हो, एउटा रुखमुनि ध्यान गरिरहेका बेला ती बालकलाई भगवान्को एक झलक मिल्यो । यस घटनापश्चात् उनका मनमा ईश्वरलाई राम्रोसाग जान्ने र ईश्वरको दर्शन गर्ने प्रबल इच्छा जागृत भयो । एकपटक के आकाशवाणी भयो भने, हे बालक Û तिमीलाई यो जन्ममा भगवान्को दर्शन हुनेछैन । अर्को जुनीमा तिम्रो जन्म भगवान्को पार्षदका रूपमा हुनेछ र तिमी सदैव भगवान्को निकट रहनेछौ ।

समय आएपछि ती बालक ब्रह्मा मानस पुत्र भएर जन्मिए । उनी नारद मुनिका नामले सबै लोकमा परिचित भए ।

जीवनभर अविवाहित नारद

भनिन्छ, नारदको विवाह उनकै पिता ब्रह्माका कारण हुन पाएन । ब्रह्माले नालदलाई विवाह गर्न र सृष्टिको काममा आफूलाई सहयोग गर्न आदेश दिएका थिए । तर नारदजीले आफ्ना पिताको आज्ञा पालन गर्न इन्कार गरे । ब्रह्माजीले जति सम्झाउादा पनि नारद आफ्नो निर्णयबाट टसका मस भएनन् । यसबाट ब्रह्मा अत्यन्त क्रोधित भए र उनले नारदलाई आजीवन अविवाहित रहने श्राप दिए ।

एकछिन पनि कतै अडिएर बस्न नसक्ने नारद

राजा दक्ष प्रजापतिका श्रीमती आशक्तिका तर्फबाट १० हजार छोरा थिए । यीमध्ये कसैले पनि दक्षको राजपाठ सम्हाल्न चासो दिएनन् किनभने नारदले यिनीहरूलाई मोक्षको मार्गमा लाग्न र घरजममा नफस्न सल्लाह दिएमा थिए । पछि प्रजापति दक्षले पञ्चजनीसाग विवाह गरे र एक हजार छोरा जन्माए । तिनलाई पनि नारदले सबै प्रकारको मायामोहको बन्धनबाट टाढा रहन तथा मोक्षको मार्गमा लाग्न प्रेरित गरे ।

नारदको यस्तो व्यवहारबाट क्रोधित भएका दक्ष प्रजापतिले नारदलाई कहिल्यै पनि एक ठाउामा अडिन नसक्ने र यताउति डुलिरहनुपर्ने श्राप दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment