Comments Add Comment

गुपचुप बिहे गरेको बारे प्रियंकाको यस्तो जवाफ


बलिउड अभिनेत्री प्रियंका चोपडाले गोप्य रुपमा बिहे गरेको भनेर केही दिनयता तीव्र चर्चा चलिरहेको थियो । उक्त चर्चाको आधार थियो प्रियंकाको एउटा फोटो ।

उक्त फोटोमा प्रियंकाले हातमा ब्रेसलेट लगाएकी थिइन्, जसलाई मानिसहरुले मंगलसूत्र भनेर चर्चा गरे । त्यसैलाई लिएर उनले गुपचुप बिहे गरेको हल्ला पिटाइयो । यस विषयमा अभिनेत्रीले मुख खोलेकी छिन् ।

प्रियंकाले मंगलसूत्र भनिएको ब्रेसलेटको क्लोज सटको फोटो टि्वटरमा सेयर गरेकी छिन् । बिहेको चर्चाप्रति उनी मज्जाले हाँसेकी छिन् ।
‘हाहाहाहा… यो त नयाँ स्तरको अफवाह हो । यो एउटा दुष्ट आँखाको हेराई हो । शान्त हुनुस । जब मेरो बिहे हुन्छ, म सबैलाई बताउने छु । यो गुपचुप हुनेछैन ।’

केही दिन अगाडि प्रियंकाले एक अन्तरवार्तामा चाँडै आफूले बिहे गर्ने र बच्चाहरुको क्रिकेट टिम बनाउने बताएकी थिइन् । यसका लागि सही व्यक्ति खोजिरहेको उनको भनाई थियो ।

प्रियंका यतिबेला आसाममा छिन् । उनी आसाम टुरिज्मकी ब्रान्ड एम्बेसडर हुन् । फिल्मको कुरा गर्दा उनी दुई वर्षपछि सलमान खान स्टारर फिल्म ‘भारत’ बाट हिन्दी फिल्ममा कमब्याक गर्न आँटेकी छिन् । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment