
१८ वैशाख, सुर्खेत । कर्णालीको प्रदेश सभाको चालु अधिबेशन अन्त्य भएको छ ।
मंगलबार राति १२ बजेदेखि अधिबेशन अन्त्य हुने प्रदेश प्रमुख दुर्गाकेशर खनालले घोषणा गरेका हुन् ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अधिबेशन अन्त्य गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई सिफारिस गर्ने प्रस्ताव पेश गरेको थियो ।
उक्त प्रस्ताव मंगलबार बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भएसँगै प्रदेश प्रमुख खनालले प्रथम अधिबेशन अन्त्य भएको घोषणा गरेका हुन् ।