Comments Add Comment

भेंडा चढाउन गएका धनबहादुर मृत भेटिए

१८ वैशाख, रुकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

वडा नं ७ का अन्दाजी ४५ वर्षीय धनबहादुर कामी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार उनी घरबाट भेंडा चढाउन गएका थिए । सोमबार असिना पानीसँगै चट्याङ परेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कामी चट्याङ लागेर वा भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले रुकुम पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment