Comments Add Comment

काठमाडौंको मौसम : छिनमै असिना पानी, छिनमै चर्को घाम

मौसमविद भन्छन् : प्रिमनसुनमा यस्तै हुन्छ

१८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भएको छ ।

विहान आकाशमा डम्म बादल लाग्ने, कहिले घाम चर्किने र दिउँसोतिर असिनासहित पानी आउने गरेको छ । पानी परिसकेपछि एकैछिनमा मौसम खुलेर घाम लाग्ने पनि गरेको छ ।

अहिले प्रिमनसुन सिजन भएकाले केही दिनदेखि जारी यस्तो मौसमी गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘अहिले प्रिमनसुन पिरियड भएकाले प्राय यस्तै हुन्छ’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगले भने ‘अहिले तल्लो वायुमण्डलमा न्युनचापीय प्रणाली सक्रिय छ भने माथिल्लो वायुमण्डलमा पश्चिमी वायु सक्रिय छ, त्यसैले गर्दा पहाडी क्षेत्रमा वर्षा भइरहेको छ ।’

पहाडी क्षेत्रमा वर्षा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । तर तराई क्षेत्रमा भने वर्षा  भएको छैन । वर्षा  भएको क्षेत्रमा पनि ठूलो भएको छैन । हल्का र मध्यम खालको वर्षा मात्र भएको मौसमविद प्रधानांग बताउँछन् ।

यो क्रम केही दिन अझै रहने मौसमविदको भनाइ छ । कहिलेसम्म जारी रहन्छ अहिले नै भन्न नसकिने प्रधानांगले बताए । ‘हामीले तीन दिनसम्मको वर्षाको अवस्था हेरेपछिमात्र भन्न सक्छौं, अहिले नै मौसम कहिलेदेखि सफा हुन्छ भन्नेबारे केही थाहा हुँदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment