Comments Add Comment

नेपाल एफएमका पत्रकार ५ महिनादेखि तलबविहीन !

श्रमको मूल्य नदिने मिडिया बन्द हुन्छन् भने होउन्ः रमेश विष्ट

१९ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल एफएमको भवनमा कालो ब्यानर टाँगेको छ । सो एफएमका पत्रकारले ५ महिनादेखि तलब नपाएको भन्दै महासंघले विरोधस्वरुप कालो ब्यानर टाँगेको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा गएको टोलीले एफएमको भवनमा ब्यानर टाँगेको छ । ब्यानर टाँगेपछि कोणसभा गर्दै महासचिव विष्टले श्रमजीवीका माग पूरा नभए मिडिया हाउसमा तालाबन्दी गर्न महासंघ बाध्य हुने चेतावनी दिए । उनले भने- श्रमको मूल्य नदिने मिडिया बन्द हुन्छन् भने होउन्, तर हाम्रो आन्दोलन रोकिँदैन ।

महासंघका तर्फबाट ब्यानर टाँग्ने टोलीमा रामप्रसाद दाहाल, जन्मदेव जैसी, यम विरही लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment