Comments Add Comment

साढे ३३ केजी सुन प्रकरणः सात प्रहरी अधिकारीसहित २९ जनालार्इ अदालत पुर्‍याइयो

पक्राउ परेका पूर्व डिअार्इजी मोहन निरौला लगायत अदालत परिसरमा । तस्वीरः ध्रुव भट्टरार्इ/अनलाइनखबर

१९ वैशाख, काठमाडौं । साढे ३३ केजी सुन गायब प्रकरणमा पक्राउ परेका ७ प्रहरी अधिकारीसहित २८ जनालार्इ जिल्ला अदालत, मोरङ पुर्‍याइएको छ ।

प्रकरणमा पक्राउ परेका २९ जनासहित अन्य फरार अभियुक्तसहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता हुँदैछ । र, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, मोरङको हिरासतबाट अदालत पुर्‍याइएको हो ।

विराटनगर–३, पोखरिया कन्या मार्गमा त्यस स्कोर्पियो गाडीको डिकीमा सनमको शव फेला परेको थियो ।

त्यसवेला पक्राउ परेका टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेले मोरङ प्रहरी समक्ष आफूहरु आफैं पनि पीडित भएको बयान दिएपछि महाशाखाको अनुसन्धानमाथि प्रश्न उठेको थियो । र, सरकारले सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सनम शाक्यको शव बरामद भएको स्कोर्पियो ।

अनुसन्धानको क्रममा समितिले लामो समयदेखि संगठित रुपमा भइरहेको सुन तस्करीको जालो पत्तो लगाएको थियो ।

बुधबार अदालतमा बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, ३ व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता हुनेछ । अन्यलार्इ फरार अभियुक्त बनाएर मुद्दा चलाइने बताइएको छ ।

संगठित सुन तस्करीमा यति धेरै बहालवाला प्रहरी अधिकारीलाई प्रतिवादी बनाइएको यो पहिलो घटना हो ।

यीविरुद्ध मुद्दा दर्ता हुनेछ

प्रहरीले पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई संगठित अपराध सम्वन्धी मुद्दा चलाउनेछ ।

त्यसैगरी, प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने छ ।

मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई सनम हत्याका प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् । उनी भारतमा लुकेर बसेको हुन सक्ने आशंका गरिएको छ ।

यो पनि पढ्नुहोस्

साढे ३३ किलो सुन प्रकरणः प्रहरीमाथि नै अनुसन्धान थालियो

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

साढे ३३ केजी सुन गायब प्रकरणः १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का

साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा

एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ

६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, एसएसपी खत्री फरार

सुनका ‘भरिया’ मारिएको जंगल ! घरमा आमा र श्रीमती बुच्चै

साढे ३३ केजी सुन प्रकरणः एसएसपी दिवेश लोहनी पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment