Comments Add Comment

साढे ३३ केजी सुन प्रकरणः सात प्रहरी अधिकारीसहित ६३ जनाविरूद्ध मुद्दा दर्ता

१९ वैशाख, विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ ।

पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलार्इ फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो ।

अदालतका श्रेस्तेदार नवराज दुलालले अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा दर्ता गरिएको पुष्टि गरे ।

बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ ।

त्यस्तै, विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।

मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको छ ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् । उनी भारतमा लुकेर बसेको हुन सक्ने आशंका गरिएको छ ।

यो पनि पढ्नुस् 

साढे ३३ किलो सुन प्रकरणः प्रहरीमाथि नै अनुसन्धान थालियो

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

साढे ३३ केजी सुन गायब प्रकरणः १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का

साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा

एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ

६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, एसएसपी खत्री फरार

सुनका ‘भरिया’ मारिएको जंगल ! घरमा आमा र श्रीमती बुच्चै

साढे ३३ केजी सुन प्रकरणः एसएसपी दिवेश लोहनी पक्राउ

साढे ३३ केजी सुन प्रकरणः सात प्रहरी अधिकारीसहित २९ जनालार्इ अदालत पुर्‍याइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment