Comments Add Comment

लण्डनमा सम्पन्न भयो इनासको गायन तथा नृत्य प्रतियोगीता

अन्तराष्ट्रिय नेपाली समाज (ईनास) को आयोजनामा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता लण्डनमा सम्पन्न भएको छ। ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन प्रतियोगितामा नृत्यतर्फ जर्मनीकी सरू श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमिल्सिना विजेता भए।

बेलायतसहित युरोपका जर्मनी, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्डलगायतका देशबाट नृत्यमा १० र गायनमा ५ प्रतिस्पर्धी सहभागी थिए। नृत्यमा बेल्जियमकी निकिता सापकोटा पहिलो रनरअप र बेलायतकी काजोल गुरूङ दोस्रो रनरअप तथा गायनतर्फ बेलायतका निमान तामाङ पहिलो रनरअप र जर्मनीका सुरज सापकोटा दोस्रो रनरअप बने।

दुवै विधाका प्रतियोगीहरुले दुई दुई चरणमा आफ्ना प्रस्तुति गरेका थिए। निर्णायकको भूमिकामा नृत्य विधामा सनम बैराग, शारदा शर्मा र वर्षा खड्का तथा गायन विधामा मधु क्षेत्री, शर्मिला वर्देवा र पर्शुराम रिजाल थिए।

दुवै विधाका विजेतालाई ७ सय १ युरोको नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो र तेस्रो हुनेले क्रमश ५ सय १ युरो र ३ सय १ युरो नगदसहित प्रमाणपत्र र ट्रफी पाए।

दुवै विधामा पहिलो हुनेलाई आउँदो १ वर्षको लागि ईनास सद्भावना दूत घोषणा गरिएको छ। गायनका विजेतााई  एउटा गीत रेकर्ड गराउने र नृत्यकी विजेतालाई सोही गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने भएको छ।

प्रवासमा रहेर नेपाली कला, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान र्पुयाएको भन्दै गायिका सितु खरेल र निर्देशक सञ्चारकर्मी कुशल श्रेष्ठलाई पनि ईनासले विशेष सम्मान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment