Comments Add Comment

सक्रिय राजनीतिमा आए तुलानारायण साह, फोरममा प्रवेश


२० वैशाख, काठमाडौं । राजनीतिक विश्लेषक तुलानारायण साह राजनीतिमा आएका छन् । उनले संघीय समाजवादी फोरमको सदस्यता लिएका हुन् ।

‘संविधान नबन्दासम्म सामाजिक राजनीतिक अधिकारका लागि नागरिक समाजका रुपमा क्रियाशील रहेँ, लेखपढ गरेँ । त्यसपछि संविधान संशोधनका लागि पहल गरे’ साहले भने, ‘एउटा कालखण्ड पूरा भएपछि मधेसी सामाजिक रुपान्तरणका लागि राजनीतिक दलमार्फत क्रियाशील रहने निर्णयमा पुगेको हुँ ।’

काठमाडौंमा फोरम नेपालको जारी केन्द्रीय समितिको बैठकमा बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवले उनलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । साहसँगै सर्लाहीका इन्जिनियर मनोज वर्मा, धनुषाका देवनारायण यादव, व्यवसायीहरु रुद्रराज डोटेल र रेणु यादव पनि फोरममा प्रवेश गरेका छन् ।

बैठकलाई केहीबेर स्थगित गरेर सम्पूर्ण केन्द्रीय सदस्यको उपस्थितिमा अध्यक्ष यादवले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment