Comments Add Comment

‘प्रेमालय’मा निराजन र मरिष्काको जोडी, ‘रुमानी’को कथाले के भन्छ ?


काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै एकसाथ २ चलचित्रको घोषणा गरिएको छ । काठमाण्डौको क्यूज हलमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्र ‘प्रेमालय र रुमानी’को घोषणा गरिएको हो । कुमार शाहले निर्देशन गर्न लागेको चलचित्र ‘प्रेमालय’मा निराजन प्रधान, मरिष्का पोखरेल, सन्नी ढकाल, डाक्टर सूर्या थापा, रविन्द्र झा, दालमान पुन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यस्तै, मनोज अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘रुमानी’का लागि सन्नी ढकाल मात्र फाइनल गरिएको छ ।

चलचित्र ‘प्रेमालय’को छायांकन नेपालमा आउँदो सातादेखि सुरु हुनेछ । करिब ७० प्रतिशत छायांकन भने अष्ट्रेलियामा गरिनेछ । दुबै चलचित्रको छायांकन दशैं अगाडि सक्ने योजना बनाइएको छ । चलचित्र ‘प्रेमालय’ले अष्ट्रेलियामा बस्ने नेपाली र उनीहरुको बाबु आमाको कथालाई उठान गर्नेछ । यस्तै, विदेश गएकी पत्नीले आफ्नो पति अर्कै यूवतीसँग सल्कदा पाएको पीडा र पतिलाई आफ्नो बनाउन पत्नीले गरेको संघर्षमा ‘रुमानी’ निर्माण गरिनेछ ।

एकसे स्क्यायर प्रोडक्शन र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्र ‘प्रेमालय’का कार्यकारी निर्माता मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी हुन् भने सुभाष श्रेष्ठले दुबै चलचित्रको निर्माण गर्नेछन् । चलचित्र ‘प्रेमालय’मा किरण माइकलको कथा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment