+
+

प्रदेशसभा ७ को हिउँदे अधिवेशन सकियो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते २०:१७

२० वैशाख, डोटी । प्रदेश सभा ७ को हिउँदे अधिवेशन बिहीबार सकिएको छ । गत माघ २१ गते विधिवत् रुपमा प्रदेश सभाको स्थापना भइ हिउँदो अधिवेशन सुरु भएको थियो ।

सो अवधिदेखि वैशाख २० गतेसम्म २० दिनमा २१ वटा बैठक बसेको सभामुख अर्जुनबहादुर थापाले सदनलाई जानकारी गराए । सभामुख थापाका अनुसार २० दिनमा सदन चलेको समय २२ घण्टा ५२ मिनेट रहेको छ । सभामुख थापाले हिउँदे अधिवेशनको क्रममा सुरुदेखि अन्त्यसम्म सदनमा भएको कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

सभामुख थापाले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरेर सदनलाई सुनाउँदै हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए । केही दिनपछि बर्खे अधिवेशन सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ ।

हिउँदे अधिवेशनमा केही सिकाइका साथै केही महत्वपूर्ण निर्णयहरु भएको सांसदहरुले प्रतिक्रिया दिएका छन् । नेकपा एमालेका सांसद चुनकुमारी चौधरीले हिउँदे अधिवेशनको क्रममा नयाँ कुराको सिकाइका साथै प्रदेशलाई आवश्यक केही निर्णयहरु पनि भएको बताइन् ।

बिहीबार बसेको हिउँदे अधिवेशनको अन्तिम बैठकबाट स्थानीय तहको कानून निर्माणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

यसअघि, विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव नआएको जनाउँदै सांसदहरुको समर्थनमा सभामुख थापाले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?