Comments Add Comment

‘छक्का पन्जा ३’का लागि दीपकको मिहिनेत, यसकारण सर्यो सुटिङ


चलचित्र ‘छक्का पन्जा ३’को छायांकन अहिले धमाधम भैरहेको हुनुपर्ने हो । तर, यसको निर्माण टोली अझै छायांकनमा जान सकेको छैन । चलचित्रका लागि सबै कलाकार छन् । वैशाख १७ गतेदेखि छायांकन सुरु गर्ने योजना असफल भयो । आखिर किन त ?

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले भने–‘कथावस्तु केही चित्त वुझेन । यसकारण फेरि फाइनल रुप दिन समय लागेको हो ।’ दीपकले यसपटक कथावस्तुमा अझै ध्यान दिएको बताए । चलचित्र रिलिज हुने समयसिमा ५ महिना मात्र छ । दशैको फूलपातिमा रिलिज हुने अर्को चलचित्र ‘जय भोले’को टिजर हलमा र युटुबमा बजिरहेको छ । तर, दीपक र उनको टिमले अझै ‘छक्का पन्जा ३’को छायांकन सुरु गर्न सकेको छैन ।

दीपक यसपटक अझै धेरै चुनौती रहेको बताउँछन् । जसलेगर्दा, कथावस्तुमै समय लगाएको उनको भनाई छ । चलचित्रमा दीपकको साथमा केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाँई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रले यसपटक भने वैदेशिक रोजगारीको कथालाई उठान गर्ने दीपक बताउँछन् । दीपाश्री निरौलाले चलचित्रको निर्देशन गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment