Comments Add Comment

श्रीदेवीको साडी लगाएर अवार्ड थाप्न पुगिन् छोरी जान्भी


दिवंगत बलिउड अभिनेत्री श्रीदेवीलाई फिल्म ‘मम’ का लागि सर्वोत्कृष्ट अभिनेत्रीको नेसनल अवार्ड दिइयो । अवार्ड समारोहमा श्रीदेवीका पति बोनी कपुर आफ्ना दुई छोरीहरु जान्भी र खुशीसहित पुगेका थिए । दिल्लीको विज्ञान भवनमा आयोजित समारोहमा पुग्दा धेरैको आँखा जान्भीमा अडियो । उनले आमा श्रीदेवीको साडी लगाएकी थिइन् । उनको व्यक्तित्वमा श्रीदेवीको झलक देखिएको थियो ।

फेसन डिजाइनर मनीष मल्होत्राले जान्भीको तस्वीर आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । उनले लगाएको क्रिम कलरको साडीमा पिंक बोर्डर छ । जान्भीले झुम्का र बिन्दी पनि लगाएकी थिइन् । अवार्ड समारोह सुरु हुनुभन्दा अगाडि बोनी कपुरले सञ्चारकर्मीसँग कुरा गर्दै श्रीदेवीले फिल्म र टिभी च्यानलहरुमा हमेशा जिवित रहने बताए ।

‘उनी यहाँ आएर धेरै खुशी हुने थिइन् । हामी उनलाई अत्यधिक मिस गरिरहेका छौं,’ बोनीले भने । अवार्ड समारोहमा अर्का दिवंगत अभिनेता विनोद खन्नालाई दादा साहेब फाल्के अवार्ड दिइएको थियो । उक्त अवार्ड उनकी पत्नी कविता खन्ना र छोरा अक्षय खन्नाले ग्रहण गरे । अभिनेता पंकज त्रिपाठीलाई सञ्चार मन्त्री स्मृती ईरानीले फिल्म न्यूटनका लागि फिचर फिल्म क्याटेगोरीमा सम्मान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment