+
+
Shares

मनिषाको मृत्यु बारे छानविन गर्न प्रशासनलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते १८:१२

२१ वैशाख, सुर्खेत । सुत्केरी हुन क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत आएकी मनिषा सिंहको मृत्युको विषयमा छानविन गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् ।

अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आन्दोलित भएका आफन्तहरुलाई भेट्न अस्पताल पुगेका मुख्यमन्त्री शाहीले छानविनका लागि प्रशासनलाई निर्देशन दिएका हुन् ।

प्रसुती व्यथा लागेर बिहीबार क्षेत्रीय अस्पताल पुगेकी सिंहको शुक्रबार विहान मृत्यु भएको थियो । कालीकोट घर भएकी सिंहको मृत्यु भए लगत्तै अस्पताल पुगेका आफन्तहरुले विहान ११ बजे भर्ना गरिएकोमा राति १२ बजे मात्र डाक्टरले चेकजाँच गरेको भन्दै अस्पताालको लापरबाहीको कारण मुत्यु भएको दावी गरेका छन् ।

विहान १० वजे क्षेत्रीय अस्पत्ताल पुगेका मुख्यमन्त्री शाहीले सिंहको निधनका बारेमा अस्पतालका प्रमुख डा. डम्बर खड्कासँग जानकारी लिनुका साथै मृतकका आफन्तजनसँग भेट गरेका थिए ।

स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको बताउँदै मुख्यमन्त्री शाहीले सुत्केरी हुन अस्पताल पुगेकी महिलाको मृत्यु हुनु दुखद भएको बताए ।

स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरबाही देखिए कारबाही हुने बताउँदै मुख्यमन्त्री शाहीले मृतकका आफन्त तथा परिवारलाई संयमित हुन आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?