Comments Add Comment

झापाबाट पाँचथर हिँडेको गाडी विप्लव कार्यकर्ताले जलाए


२२ वैशाख, इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले शनिबार बिहान एक गाडीमा आगजनी गरेका छन् ।

झापाबाट पाँचथरतर्फ गइरहेको को १ ज ८७१५ नम्बरको गाडी नेकपाका कार्यकर्ताले मेची राजमार्गमा पर्ने सानवीरेमा आगजनी गरेका हुन् ।

बन्दको अवज्ञा गरेको भन्दै गरिएको आगजनीबाट गाडीको अगाडिको भाग जलेको छ । पिक अप प्याच बोकेर पाँचथरतर्फ गइरहेको थियो ।

शनिबार बिहान ४ बजे पाँच जनाको समूहले गाडी रोकी आगजनी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment