Comments Add Comment

दुर्घटनास्थल पुगेको प्रहरीले पेस्तोल भेट्यो, १ पक्राउ

बसुन्धाराबाट बरामद भएको पेस्तोल । तस्वीरः नेपाल प्रहरी

२३ वैशाख, काठमाडौं । काठमाडौंको बसुन्धरामा जीपले मोटरसाइकललाई ठक्कर दिएको खबरलगत्तै घटनास्थल पुगेको प्रहरीले एक पेस्तोल बरामद गरेको छ ।

पेस्तोलसहित लमजुङको सुन्दरबजार-३ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने ४२ वर्षीय सुमन थापा पक्राउ परेका छन् ।

उनले चलाएको बा ३ च १६५४ नम्बरको निशान जीपले बा ४० प ५७७५ नम्बरकाे माेटरसाइकललार्इ गएराति सवा ११ बजे ठक्कर दिएकाे जानकारी पाएपछि महाराजगञ्जकाे प्रहरी टाेली घटनास्थल पुगेकाे थियाे । ठक्कर दिने जीप चालकलार्इ नियन्त्रणमा लिन चेकजाँच गर्दा अगाडिकाे सिटबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको एकथान पेस्ताेल बरामद भएकाे प्रहरीले जनाएकाे छ । पेस्ताेलसँगै एक थान म्यागजिन र ३ राउन्ड गोलीसमेत बरामद भएको छ ।

जीपको ठक्करबाट १ को मृत्यु, १ घाइते

जीपकाे ठक्करबाट घाइते २६ वर्षीय सन्ताेष नेपालीकाे भने मृत्यु भएकाे छ । स्याङ्जा पुतलीबजार ३ घर भर्इ हाल काठमाडाैं महानगरपालिका २६ बस्ने नेपालीकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा स्याङ्जा पुतलीबजारकै  अर्जुन बाेहाेरा घाइते भएका छन् । उनकाे अहिले उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार, पक्राउ परेका थापालार्इ महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment