Comments Add Comment

विष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

थप तीनजनालाई वरिष्ठ पत्रकारको सम्मान

२३ वैशाख, विराटनगर । सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री गोकुल बास्कोटाले विष्ट र अहिराजलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

त्यसैगरी वरिष्ठ पत्रकार सम्मान बाट बबिता बस्नेत, कौशल चेम्जोेङ र नीमबहादुर बूढाथोकीलाई सम्मान गर्ने निर्णय भएको राज्यमन्त्री बास्कोटाले घोषणा गरे ।

पुरस्कार र सम्मान पाउने पत्रकारहरुको नाम घोषणा गर्दै राज्यमन्त्री बास्कोटाले यो सरकारबाट प्रेस स्वतन्त्रता हनन होला कि भनेर चिन्ता नगर्न पत्रकारहरुलाई आग्रह गरे ।

मन्त्रालयले पत्रकारहरुको पेशागत योगदानका आधारमा भन्दा पनि राजनीतिक गुटका आधारमा पुस्कार बाँड्ने गरेको छ । तर, मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा गठित समितिले पुरस्कृत एवं सम्मानित हुने पत्रकारहरुको नाम पारदर्शीरुपमा नाम छनोट गरिएको बताए ।

पाँचैजना पत्रकारहरुले सोमबार शीतलनिवासमा एक कार्यक्रमवीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार र सम्मान ग्रहण गर्नेछन् ।

मन्त्रीले रोके फजुल खर्च

सूचना तथा सञ्चार मन्त्रालायले राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर हरेक वर्ष पत्रकारहरुलाई सम्मान गर्दै आएको छ ।

यसरी पत्रकारलाई सम्मान गर्ने क्रममा विभिन्न कार्यक्रमहरु गर्ने बाहनामा मन्त्रालयका कर्मचारीले अनावश्यक रकम खर्च गर्दै आएकोमा यसपटक राज्यमन्त्री बास्कोटाले त्यस्तो खर्च नियन्त्रण गरेका छन् ।

‘अघिल्लो वर्ष राष्ट्रिय पत्रकारिता दिवसमा प्रभातफेरी को आयोजना हुने गरेको थियो र सो प्रभातफेरीका लागि १ लाख रुपैयाँसम्म बजेट छुट्याइने गरेको थियो,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यसपालि मन्त्रीज्यूले प्रभातफेरीका लागि रकम दिन मान्नुभएन, त्यसैले मन्त्रालयमै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर पत्रकारिता दिवस मनाइयो ।

पत्रकारलाई पुरस्कार वितरण कार्यक्रममा पनि करिब २ लाखसम्म खर्च निकासाको माग गरिएकोमा राष्ट्रपति कार्यालयमै चियापान भइहाल्छ, किन चाहियो रकम भन्दै मन्त्रीले फजुल खर्च नियन्त्रण गरेको कर्मचारीहरुको भनाइ छ ।

यसैबीच, मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईले ‘छापामाध्यमदेखि डिजिटल मिडियासम्म’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment