Comments Add Comment

एल क्लासिकोः रियललाई बेलले जोगाए, इतिहास रच्ने बाटोमा बार्सिलोना

२४ वैशाख, काठमाडौं । ग्यारेथ बेलको गोलको मदतमा रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ । तर, बार्सिलोनाले ४५ मिनेट १० खेलाडीको भरमा खेलेको थियो र यो बराबरीसँग ला लिगामा सिंगो सिजन अपराजित रहन तीन खेल बाँकी छ ।

आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २-२ को बराबरी खेेलेका हुन् ।

नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १० औं मिनेटमा नै लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेन ।
चार मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले बराबरी गोल गरे ।

पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टोले रातो कार्ड पाए । १० खेलाडीमा सीमित बार्सिलोनाले दोस्रो हाफमा फेरि अग्रता लियो । उसका लागि ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे ।

तर, ७२ औं मिनेटमा बेलले बराबरी गोल गरे ।

दोस्रो हाफमा बार्सिलोना १० खेलाडीमा सीमित रहँदा रियलका रोनाल्डो घाइते भएका कारण मैदान बाहिर थिए । उनको स्थानमा एसेन्सिओ थिए ।

इतिहास कोर्ने बाटोमा बार्सिलोना

यो बराबरी बार्सिलोनाका लागि जित सरह हो । किनकी उ अझै चिरप्रतिद्वन्द्वी रियलभन्दा १५ अंकले अगाडि छ । साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल पछिल्लो चार एल क्लासिको जित्न असफल रहृयो ।

यो बराबरीसँगै बार्सिलोनाले अब बाँकी तीन खेल नहारे ला लिगाको सिंगो सिजन अपराजितको रेकर्ड बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment