+
+
Shares

हाम्रा परम्परा कति वैज्ञानिक ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते १०:४६

हाम्रो देश परम्परा एवं संस्कृतिमा धनी छ जुन भनिरहनुपर्ने विषय होइन । पाइला-पाइलामा मन्दिर भेटिने हाम्रो देश हिन्दू, बौद्ध एवं प्रकृतिपूजक धर्म, संस्कृति एवं परम्पराकै कारण अनुप्राणित छ । हामीकहाँ सदियौंदेखि प्रचलित त्यस्ता थुप्रै परम्परा छन् जसको वैज्ञानिक महत्व पनि उत्तिकै महनीय छ । त्यस्ता चलनहरू कहिलेदेखि चलिआएका हुन् भन्ने कुरा यथार्थ रूपले भन्न नसकिए पनि मानव चेतनाको विकाससँगै विभिन्न चरणका परीक्षणहरू पार गर्दै ती परम्परा आजको अवस्थासम्म आइपुगेका हुन् भन्ने अनुमान भने सहजै गर्न सकिन्छ । यहाँ त्यस्ता केही परम्पराहरूको उल्लेख गर्न खोजिएको छ जसको सोझो सम्बन्ध मानव स्वास्थ्यसँग गाँसिएको छ । यी परम्पराको पालन गर्नाले स्वस्थ जीवन यापन गर्न ठूलो सघाउ पुग्छ ।

हाम्रा हरेक शुभ कर्ममा दहीको प्रयोग गरिन्छ । विवाहमा दुलाहा-दुलही अन्माउँदा होस् वा कतै यात्राको शुभारम्भ गर्दा होस्, कर्मकाण्डका क्रममा देवपूजनका लागि अघ्र्य बनाउन होस् वा रक्षावन्धन अभिमन्त्रित गर्दा होस् दही अनिवार्य रूपमा चाहिन्छ । पार्टी एवं भोजभतेरमा दहीको अनिवार्य प्रयोग हुन्छ । व्रत बसेका बेलामा, पूजापाठमा बसेका बेलामा पनि दही खाइन्छ । यस्तो किन गरिन्छ ? उत्तर सुस्पष्ट छ- खाली पेट बस्दा एसिडिटीले सताउनसक्छ त्यस्तो बेलामा दहीले राम्रो काम गर्छ । दही खाँदा मन तथा पेट दुवैमा शीतलता प्राप्त हुन्छ । चित्त शान्त भएपछि सबै समस्याहरू टाढा भाग्छन् ।

हाम्रा मन्दिरहरूमा ठूल्ठूला घण्टहरू राखिएका हुन्छन् । घरमा पनि पूजापाठ गर्दा साना घन्टीहरू बजाइन्छन् । यसको पछाडि के हुन सक्ला त कारण ? खास कुरा के भने घण्टको आवाजले मानिसको ध्यान एकै ठाउँमा केन्दि्रत हुन्छ । यसको आवाजले बरालिने मस्तिष्क नबरालिइकन एकै कुरामा केन्दि्रत हुन्छ र एउटै कुरा सोच्न थाल्छ । यसबाट एकाग्रता घटित भई साधकलाई लाभ प्राप्त हुन्छ । यसकारण मन्दिरहरूमा घण्टको प्रयोग गरिएको पाइन्छ ।

सामान्यतः हाम्रा मठमन्दिरहरूका आसपासमा तलाउ वा पोखरी पाइन्छन् । धेरैजसो मन्दिर त नदी किनारामै हुने गर्छन् । र, चलन वा भनौं विश्वास के छ भने पानीमा तामाको सिक्का फाल्नाले मनका हरेक इच्छा पूरा हुन्छन् । यो प्रचलन धेरै पुरानो हो जुन समयमा तामाकै पैसा बढी चल्तीमा हुन्थे । त्यतिबेला यस्तो नियम किन पनि बनाइयो भने तामा मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तामा पानीमा फलेपछि त्यो बिस्तारै खिइँदै त्यसका कणहरू पानीसँग मिसिन्छन् । उक्त पानीसँगै तामा पनि प्राणीको शरीरभित्र प्रवेश गर्छ र स्वास्थ्यलाभका लागि मद्दत गर्छ । हिजोआज भने तामाको सिक्का चल्तीमा छैनन् र मानिसहरू अन्य धातुबाट बनेका सिक्का पानीमा फाल्दछन् । यसबाट केही लाभ मिल्दैन ।

हामीकहाँ महिलाहरूले चुरा तथा बाला लगाउने चलन छ । धेरै पुरानो यस चलनका पछाडिको वैज्ञानिक कारण खोतल्ने हो भने देखिन्छ- चुरा वा बाला लगाउँदा हातमा त्यसको लगातार घर्षण भइरहन्छ । यसबाट रक्तसञ्चार सुचारु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?