Comments Add Comment

धनगढीको क्यासिनोमा प्रहरीको छापा, म्यानेजर पक्राउ

अवैध भारु बरामद


२४ वैशाख, कैलाली । धनगढीको साथी होटल भाडामा लिएर सञ्चालन गरिएको क्यासिनोमा आइतबार साँझ प्रहरीले छापा मारेर लाखौं रुपैयाँ बरामद गरेको छ । प्रहरीले किङ्ग्स लाउण्ड ग्याम्बिलिङ्ग क्यासिनोमा छापा मारेर म्यानेजर सुजन दाहाल र मलेशियन नागरिक मोहम्मद आजाम जोस्फोलाई पक्राउ गरेको छ ।

नेपालमा प्रतिवन्धित पाँच सय र दुई हजार दरका भारुको अवैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगर नेतृत्वको टोलीले क्यासिनोमा छापा मारेको थियो ।

क्यासिनोबाट १२ लाख पाँच हजार भारतीय रुपैयाँ र १२ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

आइतबार अधिकांश सीमावर्ती बजारबाट धनगढीमा क्यासिनो खेल्न आउने गर्दछन् । प्रहरीले त्यही मौकामा छापा मारेको हो ।

पक्राउ परेका क्यासिनोका म्यानेजर दाहाल र मलेसियन नागरिकलाई बरामद रुपैयाँसहित आन्तरिक राजश्व विभाग काठमाडौंमा पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताए ।

नेपाल राष्ट्र बैंकले नेपालमा पाँच सय र दुई हजारका भारतीय रुपैयाँ प्रतिवन्ध लगाएको छ । त्यसैले कुनै पनि स्थानमा त्यसको कारोबार गर्न नपाइने नेपाल राष्ट्र बैंकका निर्देशक विनोद लेखकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment