२१ वैशाख, विराटनगर । प्रदेश १ का प्रदेश सभाले सोमबार एकै दिन पाँचवटा बिधेयक पारित गरेको छ ।
फास्ट ट्रयाकको माध्यमबाट प्रदेश सभाले ती बिधेयहरु सर्वसम्मतीले पास गरेको हो ।
एकै दिन छुटाछुटै पाँच पटक बैठक बसी महान्यायाधिवक्ताको काम कतव्र्य र अधिकार तथा सेवा सर्त सम्बन्धी बनेको बिधेयक पास गरेको थियो ।
त्यसैगरी मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुबिधा सम्बन्धी बिधेयक, प्रदेश सभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुबिधा सम्बन्धी ब्यवस्था गर्न बनेको बिधेयक, गाँउ सभा तथा नगरसभा सदस्यहरुको सुविधा सम्बन्धी बनेको विधेयक र जिल्ला सभा र जिल्ला समन्वय समिति सदस्यहरुले पाउने सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक सर्वसम्वतले पारित गरेको हो ।
महान्यायाधिबक्ताको काम कतव्र्य र अधिकार तथा सेवा सर्त सम्बन्धी बनेको बिधेयक बाहेका अन्य कानून सोमवार नै सदनमा प्रस्तुत भइ फास्ट ट्रयाक मार्फत सर्बसम्मत पास गरिएको थियो ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले चार वटै बिधेयक सोमवार सदनमा प्रस्तुत गरेका थिए ।
प्रदेश १ को प्रदेश सभा नियमावाली २०७४ को नियम ९६ देखि १ सय सम्मको सोमवारको बैठकको कारबाही सम्बन्धमा लागू नहुने गरी निलम्वन गरी टेबल भएका बिधेयक पास गरिएको थियो ।
बिधेयक टेबल भएको ७२ घण्टा संसोधनका लागि समय दिने ब्यवस्था भएपनि त्यसलाई विषेश अबस्थामा निलम्वन गर्न सकिने कानुनी प्राबधान रहेको छ ।
महान्यायाधिबक्ताको काम कतव्र्य र अधिकार तथा सेवा सर्त सम्बन्धी बनेको बिधेयक अघिल्लो प्रदेश सभाको बैठकमा टेवल भएको थियो ।
प्रदेश सभामा बिधेयक टेबल भएको ७२ घण्टा संसोधनका लागि समय दिने ब्यवस्था भएपनि त्यसलाई विषेश अबस्थामा निलम्वन गर्न प्रदेश सभाको सदस्य राजकुमार ओझाले प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावलाई सांसद रामचन्द्र लिम्बु र मोहनकुमार खड्काले समर्थन गरेका थिए । प्रदेश १ ३८ औ वैठकले महत्वपूर्ण १२ वटा बिधेयक पारित गरेको छ ।
सोमबार मात्र एकै दिन पाँच वटा विधेक पारित भएका हुन् । पारित भएकामध्ये चार विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइ ऐनका रुपमा आइसकेका छन् ।
प्रतिक्रिया 4