चलचित्र ‘लिलिबिली’बाट सर्वाधिक चर्चामा रहेकी नायिका जसिता गुरुङले चलचित्र क्षेत्रमा संभावना देखाएकी छिन् । उनले नयाँ जेनेरेशनको प्रतिनिधित्व गर्ने संभावना देखाएपछि उनलाई लिएर चलचित्र बनाउन धेरै निर्माता इच्छुक पनि देखिए । तर, जसिताले अहिलेसम्म नयाँ चलचित्रमा काम गर्न लागेको खबर छैन ।
जसिता ‘लिलिबिली’ रिलिज लगतै लण्डन उडेकी थिइन् । तर, जसिताले लण्डन जाँदा ३ वटा चलचित्रको कथा समेत बोकेर गएकी छिन् । यसैले पनि जसिता यसैबर्ष दर्शकमाझ आउने बताउँछिन् ।
जसिताले भनेकी छिन्–‘मलाई नेपालमै बसेर चलचित्रमा काम गर्न मन छ । मलाई एक दर्जन बढी चलचित्रबाट अफर आएका थिए । ३ वटा चलचित्रको स्क्रिप्ट बोकेर लण्डन आएकी छु । यही बर्ष नयाँ चलचित्रमार्फत दर्शकमाझ आउँदैछु ।’
जसिताले नायक प्रदिप खड्कासँग आफ्नो प्रेम नरहेको समेत बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4