Comments Add Comment

घरको झ्यालबाट खसेर महिलाको मृत्यु

२५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-११ मा घरको झ्यालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरको तेस्रो तल्लाको झ्यालबाट खसेर ६३ वर्षीया जगिया कनुईनको मृत्यु भएको हो ।

बिहान पुजापाठ गरिरहेकोबेला झ्यालको पर्दा हटाउन खोज्दा खसेर उनको मृत्यु भएको वडाअध्यक्ष प्रधुम्न सेढाँईले जानकारी दिए । ‘बिहान पूजापाठ गर्ने क्रममा झ्यालको पर्दा हटाउन खोज्दा अचानक खस्नुभएछ,’ उनले भने, ‘ बिहान साढे नौ बजेतिर खसेको केहिबेरमा मृत्यु भइहाल्यो । उपचारका लागि लैजान एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्स आइपुग्दा सास गइसकेछ ।’

झ्यालमा ग्रीलहरु नलगाएका कारण उनी खसेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment