Comments Add Comment

रामेछापको उमाकुण्ड गाउँपालिका-५ का वडाअध्यक्ष वेपत्ता

२५ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिका- ५ का वडाअध्यक्ष कुवेर खत्री वेपत्ता भएका छन् ।

मंगलबार विहान ८: ३० बजे गाउँकार्यपालिकाको बैठकमा सहभागी हुन हिडेका खत्री बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए ।

गाउँपालिका सदस्यलाई वैठकमा जानु पर्छ भनी खबर गरेर मोटरसाइकलमा हिडेका खत्रीको मोटरसाइकल दिउँसो लिखु खोलाको किनारमा भेटिएको थियो । सोही ठाउँमा कोट, जुत्ता र डायरी फेला परेको प्रवक्ता नेवारले बताए ।

वडाअध्यक्ष खत्री अबेरसम्म बैठकमा नआएपछि उनलाई सम्पर्क गर्दा मोबाइल नउठेको र घरपरिवारमा फोन गर्दा विहानै हिडेको जानकारी आएपछि उनको खोजी गरिएको थियो ।

वडाअध्यक्ष खत्रीले प्रयोग गरेको मोटरसाइकल, कोट, जुत्ता र डायरी भेटिएपछि अहिले उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment