Comments Add Comment

पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि, उपाधि उचाल्न लेसका क्याप्टेन पनि सहभागी

पीएसजीले जितेको उपाधी उचाल्न लेसका क्याप्टेन (रातो जर्सीमा) पनि सहभागी भए ।

२६ वैशाख, काठमाडौं । पेरिस सेन्टजर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति लेस हर्बियर्सलाई २-० ले हराउँदै पीएसजीले उपाधि उचालेको हो ।

पीएसजीले यसअघि लिग वान र फ्रेन्च लिग कपको पनि उपाधि जितेको थियो ।

फ्रेन्च कपको उपाधि जित्ने क्रममा जिओवानी र एडिसन काभानीले गोल गरे । २६ औं मिनेटमा जिओवानीले गोल गर्दै पीएसजीलाई सुरुआति अग्रता दिलाएका थिए । २५ यार्डबाट जिओवानीले गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा पीएसजीले गरेको एउटा गोललाई रेफ्रीले मान्यता दिएनन् । तर, ७४ औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गरेको गोलले पीएसजीलाई उपाधी दिलायो ।

चोटका कारण फाइनल खेल नखेलेका नेइमार उपाधि उचाल्ने बेला भने जर्सी लगाएर सहभागी भएका थिए ।

लेसका क्याप्टेनले पनि उचाले उपाधि

हारे पनि लेसले खुशीका साथ प्रतियोगिता सकिएको बताएको छ । लेसका क्याप्टेनले समेत पीएसजीको क्याप्टेन थियगो सिल्भासँगै उपाधि उचालेका थिए ।

घरेलु लिगको तेस्रो डिभिजनको क्लबले विश्व चर्चित खेलाडी रहेको पीएसजीसँग ७३ हजार दर्शकसामु फाइनल खेल्नु आफैमा खुसी र गर्व गर्नलायक रहेको लेसको प्रतिक्रिया छ । यो उसका लागि इतिहासमै ठूलो उपलब्धी मानिएको छ ।

पीएसजीले फ्रेन्च कपमा सन् २०१४ यताका सबै खेल जित्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment