Comments Add Comment

मेरो फिटनेसको रहस्य यस्तो छः आशा नेगी

भारतिय टेलिभिजन च्यानल हेर्नेहरुका लागि परिचित अनुहार हो, आशा नेगी । उनी जि टिभीबाट प्रसारण हुने ‘पवित्र रिश्ता’मा अभिनय गरेर चर्चामा आएकी थिइन् । पछि टेलिभिजन रियलिटी शो ‘खतरों के खिलाडी’मा पनि उनी देखा परिन् । उक्त शोमा आफ्नो फिटनेसको कारण उनले चर्चा पाइन् ।

जबकी आशा खानपिनमा सौखिन छिन् । उनी मनलाग्दो खान्छिन् । तर पनि फिट छिन् । आफुलाई फिट एन्ड फाइन राख्नका लागि उनी पिलाटेज गर्छिन् । यो व्यायामकै एक विधी हो । उनको अनुभव यहाँ साभार गरिएको छ ।

मेरो फिटनेस

म लामो समयदेखि आफ्नो फिटनेसमा ध्यान दिइरहेकी छु । करिब पछिल्लो आठ-नौ बर्षदेखि म आफ्नो स्वास्थ्य र आफ्नो शरीर दुबैका लागि एकदमै सर्तक छु । तर, नराम्रो कुरा चाहि के भने मैले यसलाई नियमितता दिन सकिरहेकी छैन ।

मेरो काँधमा धेरै ब्रान्ड छ । तर, मलाई मेरो शरीर जस्तो छ, त्यही राम्रो लाग्छ । त्यसैले म यसलाई कहिल्यै बदल्न चाहन्न । यद्यपी म आफुलाई फिट राख्नका लागि पिलाटेजको ट्रेनिङ लिइरहेको छु । र, चाडै दौडन र कार्डियोको तालिम लिन चाहन्छु ।

पहिला म नियमित रुपले योगा गर्थें, जसले मेरो शरीर एकदमै लचिलो बनाइदियो । योगले हाम्रो सम्पूर्ण स्वस्थ्यमा अहंम् भूमिका खेल्छ ।

धेरैजसो त म के प्रयास गरिरहेको हुन्छु भने, सूट पछि वर्कआउट गरुँ, तर धेरै थकान अनुभव भइरहेको हुन्छ । र, स्किप गरिदिन्छु । मलाई लाग्छ, हामीले आफ्नो शरीरलाई सुन्नुपर्छ । यदि शरीरले साथ दिएन भने, जबरजस्ती वर्कआउट गर्नुको खास फाइदा पनि छैन ।

मेरो डाइट

त्यसो त म एक नम्बरको फूडी हुँ र यसलाई राम्रो भन्नुहोस् वा नराम्रो, मेरो साथी सर्कल पनि यस्तै छन्, जो खानपानका सौखिन छन् । कहिले काहिँ यही चक्करमा लागेर खानपिनमा नियन्त्रण समेत गर्न सक्दिन ।

तर, एउटा कुराको सधै ख्याल राख्छु कि रातको समय हेभी केही पनि खानुहुन्न । बिहान सबैभन्दा पहिला जुस, ओट्स, ड्राइफ्रुट्स वा फल खान्छु । त्यसपछि पिलाटेजका लागि तयार हुन्छु । पिलाटेजबाट आएपछि पर्याप्त काब्र्स र प्रोटिनयुक्त खानेकुरा सेवन गर्छु । राती केही खानेकुरा खान मन लागेमा ब्ल्याक कफी र टोस्ट खान्छु ।

मलाई आइसक्रिम खान एकदम मनपर्छ । जब साह्रै मन लाग्छ, मुख बार्दिन । खाइहाल्छु । तर, धेरै लापरवाही पनि गर्दिन । आफ्नो मन र डाइटका बिच एक सन्तुलन बनाएर राख्छु ।

मेरो प्रेरणा

फिटनेसको विषयमा म बरखा विष्टलाई आफ्नो आदर्श मान्छु । उनी आफ्नो फिटनेस रुटिनका लागि एकदमै इमान्दार छन् । एक बच्चाकी आमा भएर पनि उनको फिटनेस कमालको छ । यसका साथै म आफ्ना साथीका कारण पनि उनकै नाम लिन्छु् । उनले आफ्नो शरीरलाई १७ बर्ष समर्पित गरे र आज जसको नतिजा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment