+
+
Shares

विपक्षमा भोट हाल्न सकिँदैन्, त्यसैले नीति–कार्यक्रमको पक्षमै बोलौं : बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १३:५२

२६ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्तापक्षकै सांसदले नीति तथा कार्यक्रमको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

‘यहाँ असन्तुष्टि सत्तापक्षकै सांसदले समेत राख्नुभएको छ । यो दोग्ला–दोग्ला खालको समर्थन नगरौं,’ बास्कोटाको आग्रह छ ।

सत्तापक्षका सांसदले विपक्षमा भोट हाल्न नसक्ने भएकाले विरोध गर्नुको औचित्य नरहेका उनले बताएका हुन् ।

‘पर्सी विपक्षमा भोट हाल्न सक्नुहुन्न । अब के यहाँ कसलाई खपत दिनलाई त्यो (विरोध) गर्नु । यस हिसाबले यो (नीति तथा कार्यक्रम) राम्रो छ,’ सांसद बास्कोटाले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जसमाथि संसद्को दुवै सदनमा छलफल चलिरहेको छ । यही वैशाख २८ गते प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

त्यसदिन सभामा अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन एमालेले ह्वीप जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?