८ फागुन, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनको विषयमा अझै पनि अन्योलता सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् । २१ फागुनको निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा पनि वातावरण अन्योल पार्ने प्रयास भइरहेको नेता बास्कोटाले बताएका हुन् ।
‘चुनाव त खै के ? खै के ? हुन्छ कि के हो ? बाहिर प्रचार जोडतोड छ, भित्र सट्याकसुटुक बढ्दो छ’, बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।
बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा सार्वजनिक गरेका थिए । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको बताएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रको यस्तो अभिव्यक्तिप्रति लक्षित गर्दै एमाले नेता बास्कोटा लेख्छन्, ‘कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक दिने वक्तव्य । जाली कुरा नगरी भन- डुंगा तार्ने आफैँ हौ वा अरु ? थप पानी नधमिल्याउ ।’
प्रतिक्रिया 4