+
+
Shares

बास्कोटाको व्यंग्यः आरोप–प्रत्यारोप अमेरिकामा त देखिन्छ, नेपाल त मामुली भैगो

‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते ८:१५

१७ माघ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा अहिलेका चुनावी चर्चा र दलहरूका दाबी सुन्दा सबै जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको देखिएको भन्दै व्यंग्य गरेका छन् । शनिबार बिहान फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै बास्कोटाले यस्तो व्यंग्य गरेका हुन् ।

‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।’

तर खासकुरा मतदातामा निर्भर रहने उनले बताएका छन् । ‘मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट होला । हो–हल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ । यो त नेपाल मामुली कुरो भैगो,’ बास्कोटाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?