Comments Add Comment

सोनमका दुलाहाले रिसेप्सनमा स्पोट्र्स सुज लगाउँदा यस्तो हंगामा


बलिउडमा यतिबेलाको हट टपिक्स भनेकै सोनम कपुर र आनन्द आहुजाको बिहे हो । बिहे हिजो सकिए पनि त्यसको चर्चाले भारतीय मिडिया रंगिएकै छन् ।

बिहेका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैक्रममा बेहुला आनन्दले लगाएको जुत्ताको चर्चाले सामाजिक सञ्जाल तताएको छ । बिहेपछिको रिसेप्सनमा उनले कालो रंगको सेरवानीको साथमा स्पोट्र्स सुज लगाएका थिए । सामान्यतया यस्तो फङ्सनमा र्फमल सुज लगाउनुपर्ने हो ।

कतिपयले यसलाई आनन्दको व्यक्तिगत छनोटको कुरा भएको भन्दै वेवास्ता गरिरहेका छन् त कतिले चाहिँ औपचारिकता निर्वाह गर्न नसकेको भनेर आलोचना गरेका छन् ।

प्यारोडी अकाउन्ट ‘टाइम्स हाउ’ मा लेखिएको छ, ‘सालीहरुले जुत्ता चोरेपछि आनन्दले खुशी र जान्हवीलाई पाँच सय रुपैयाँ दिन इन्कार गरेर उनले जुत्ता पाएनन् । त्इसैले रिसेप्सनमा आनन्दले स्पोट्र्स सुज लगाउनु पर्‍यो ।’

भुषणले लेखेका छन्, ‘आनन्द आहुजा स्पोट्र्स सुज लगाएरस रिसेप्सनमा समावेश भए । के उनी भाग्ने दाउमा थिए ?’

मदन चिकना टि्वटर ह्यान्डलमा लेखियो, ‘सोनम कपुरको ड्रेसिङ र मेकअप एकतिर र आनन्द आहुजाको स्पोटर््स सुज अर्कोतिर ।’

आनन्द आहुजाको दिल्लीमा स्पोट्र्स सुजको एउटा बुटिक छ । इन्स्टाग्राममा उनले स्पोट्र्स सुज लगाएका तस्वीर बारम्बार अपलोड गरिरहन्छन् ।
आनन्दले दिल्लीमा भेज-ननभेज नामक मल्टी ब्रान्ड स्नीकर बुटीक पनि चलाउँछन् । साथै उनी शाही एक्सपोटर््सका म्यानेजिङ डाइरेक्टर हुन् जसको वाषिर्क तीन हजार करोड भारुको टर्नओभर छ ।

त्यसैले आनन्दले स्पोटर््स जुत्ता लगाउनुको कारण ब्रान्ड प्रमोसन पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment