Comments Add Comment

मोदीको नागरिक अभिनन्दन सुरु (लाइभ)

२८ वैशाख, काठमाडौं । नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ ।

जनकपुर उपमहानगरपालिकाले आयाेजना गरेको उनको अभिनन्दन समारोह बाह्रबिघा मैदानमा जारी छ । समारोहमा रक्षामन्त्री ईश्वर पोखरेल पनि उपस्थित छन् ।

यसअघि उनले जानकी मन्दिरमा पूजा गरेका थिए । अभिनन्दनपछि मोदी शुक्रबारै १ बजेपछि काठमाडौं आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment