+
+
Shares

आईपीएलको डेब्यूमै सन्दीपले लिए विकेट

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २९ गते २२:५०


२९ वैशाख, काठमाडौं । नेपालका सन्दीप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।

तर उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउँदा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए ।

बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दीपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ रन दिएका सन्दीपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

उनले ४ ओभरमा २५ रन दिए ।

बोल्ट र सन्दीपले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिएपनि विराट कोहली र एबी डिभिलियर्सले ११८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कोहली ७० रनमा आउट भए डिभिलियर्स ७२ रनमा अविजित रहे ।

यो हारसँगै दिल्ली समूह चरणको २ खेल बाँकी छँदै बाहिरिएको छ भने बैंग्लोरको गणितीय सम्भावना कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?